नयाँदिल्ली(भारत),१६ जेठ । दोस्रो कार्यकालकालागि नियुक्त हुनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । उहाँलाई भारतीय राष्ट्रपति रामनाथ कोविंदले सपथ गराउनु भएको हो ।
बिहीबार साँझ नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा मोदीले ईश्वरका नाममा सपथ लिनुभयो।
भारतीय प्रधानमन्त्री मोदीसँगै अन्य मन्त्रीहरूले पनि सपथ लिनुभएको छ।
नयाँ मन्त्रिमण्डलमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह,पूर्व विदेश सचिव एस जयशंकर पनि मन्त्री बन्नुभएको छ ।
यसैगरी उत्तर प्रदेशको अमेठीमा भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई पराजित गर्नुभएकी भाजपा नेत्री स्मृति इरानी,अघिल्लो सरकारमा मन्त्री रहनुभएका राजनाथ सिंह, नितिन गडकरी,पियुष गोयल, निर्मला सीतारमणले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि नयाँदिल्ली पुगेका पुग्नुभएको छ । सपथ ग्रहणका लागि मोदीले विम्स्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखलाई निम्तो पठाउनुभएको थियो ।
सपथ ग्रहण समारोहमा भारतका भारतका पूर्व प्रधानमन्त्री,विपक्षी दलका नेताहरु,सांसदहरु, उद्योपति, सिने कलाकारहरु, लगायत मान्य गणहरुको उपस्थिति रहेको थियो ।
सपथग्रहण कार्यक्रम राष्ट्रपति भवनको आँगनमा भएको थियो ।


















