लण्डन(संयुक्त अधिराज्य),१६ जेठ । आइसीसी एकदिवसीय विश्व कप क्रिकेट प्रतियोगितामा आयोजक राष्ट््र इंग्ल्याण्डले पहिलो खेल मादक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो ।

३ सय १२ रनको जवाफी लक्ष्य लिएर मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेल ३९ ओभर ५ बलमा २ सय ७ रन बनाएर टुंग्यायो । उसका लागि क्विन डी ककले ६८ तथा भान देर डुसेनले ५० रन बनाए ।
बलिङमा इंग्ल्याण्डका जोफ्रे आर्चरले तीन तथा बेन स्टोकले दुई विकेट लिए ।
यस अघि केंनिंगटल ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३११ रनको योगफल तयार गरेको थियो।
इंग्ल्याण्डकालागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए भने कप्तान ओएन मोर्गनले ५७, जेसन रोयले ५४ तथा जोय रुटले ५१ रन बनाएका थिए।
दक्षिण अफ्रीकाको लागि लुंगी एनगीडी ले सर्वाधिक ३ विकेट तथा इमरान ताहिर र कागिसो रबाडाले २ /२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत शुक्रबार वेस्ट इन्डिज र पाकिस्ताबीच खेल हुनेछ।
१० टीम सहभागी विश्वकपमा सबैले एक अर्कासंग खेलेपछि अंकतालिकामा उत्कृष्ट ४ टीम सेमीफाइनल प्रवेश गर्नेछन्।


















