Prakash Adhikari January 4, 2018

 

पोखरा(कास्की), २० पुस । दोस्रो सिजनको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को आयोजना हुने भएको छ ।

एपी इन्टरटेनमेन्ट प्रा.लिले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि ‘कन्टेस्ट’को बारेमाजानकारी दिएको हो । आयोजकले ‘कन्टेस्ट’का लागि आवेदन फाराम खुलेको जानकारी दिएको छ ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’काव्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने छन् । ‘अतिथि सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथाअन्य क्षेत्रहरु सम्बन्धित छन् र, यो कन्टेस्टमा सोही क्षेत्रका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशकअर्जुन पाण्डेले भने , ‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको विशेष मञ्चको रुपमा हामीले यसलाई लिएका छौँ ।’

यो इभेन्टका लागि देशव्यापी आवेदन आह्वान गरिएको छ । यो इभेन्टको पहिलो अडिसन पोखरामा माघ ७ गते हुनेछ भने दोस्रो अडिसन बुटवलमा माघ १३ गते हुनेछ । त्यस्तै पहिलो चरणको अन्तिम अडिसन काठमाण्डौमा हुने एपी इन्टरटेनमेन्टले जनाएको छ । पहिलो चरणको अडिसनमा ८० जना प्रतिस्पर्धीको सहभागिता रहने छ र फाइनलका लागि भने ३० जना प्रतिस्पर्धीलाई छनौट गरिने छ ।

‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशीप तथा सेल्फ मार्केटिङ स्किल, कम्युनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु आयोजकले व्यवस्था गरेको छ । कन्टेस्ट विजेतालाई दुबई र थाइल्याण्डको भ्रमण अवसरका साथै विभिन्न तारे होटलहरुमा जागिरको व्यवस्था गरिने योजना ल्याइएको छ ।

यसका साथै भिडियो, म्युजिक भिडिया, फोटोसुट, मोडलि¨ र म्यागजिनको कभर स्पेसका अवसर दिईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

यो प्रतियोगिताको विजेतालाई नगद २५ हजार, फस्ट रनरअपलाई १५ हजार र सेकेन्ड रनरअपलाई १० हजार रुपैयाँ नगद पनि उपलब्ध गराईने छ ।

Share Now

Leave a comment.