Prakash Adhikari June 27, 2019

लण्डन(संयुक्त अधिराज्य),११ आषाढ । जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

वमिड.घममा बुधबार भएको ३३ औं खेलमा पाकिस्तानले न्युजिल्यान्डको अपराजित यात्रामा ब्रेक लगाएको हो ।

खेलमा पहिले ब्याटिड. गर्दै २ सय ३७ रन बनाएको थियो । २ सय ३८ रनको लक्ष्य लिएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा अन्तिम ओभरको पहिलो बलमा २ सय ४१ रन जोड्यो र पाँच बल बाँकी रहदा नै ४ विकेटको क्षतिमा खेलको नतिजा ६ विकेटले आफ्नो पक्षमा पार्यो ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका लागि बाबर आजमले १ सय १ रनको शानदार स्कोर गरे। उनीसँगै हरिस सोहेलले ६८ रनको गतिलो पारी खेले। १ सय १० रन बनाउदा ३ विकेट गुमाइसकेको पाकिस्तान त्यसपछि बाबर र सोहेलको महत्वपूर्ण शतकीय साझेदारीको बलमा उत्रिन सफल भयो। सेमीफाइनलमा जानका लागि पाकिस्तानले यो खेल जित्नै पर्ने दबाब थियो।

खेलमा पाकिस्तानका बाबर आजमले १ सय १, हरिस सोहेलले ६८, मोहम्मद हाफिजले ३२, ओपनर इमाम उल हक १९ रन, अर्का ओपनर फकर जमानले ९ र सर्फराज अहमदले ५ रन जोडे।

 

New Zealand: 1 Colin Munro 2 Martin Guptill 3 Kane Williamson (capt) 4 Ross Taylor 5 Tom Latham (wk) 6 Colin de Grandhomme 7 Jimmy Neesham 8 Mitchell Santner 9 Matt Henry10 Lockie Ferguson 11 Trent Boult

Pakistan: 1 Imam-ul-Haq, 2 Fakhar Zaman 3 Babar Azam, 4 Mohammad Hafeez 5 Haris Sohail 6 Sarfaraz Ahmed (capt&wk), 7 Imad Wasim, 8 Shadab Khan, 9 Mohammad Amir, 10 Wahab Riaz 11 Shaheen Afridi

पाकिस्तानलाई रोक्ने क्रममा न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, एलएच फर्ग्युसन र केएस विलियन्सनले समान १ । १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउदै २ सय ३७ रन बनाएको थियो । न्युजिल्याण्डको लागि जेम्स निसमले सर्वाधिक ९७ , कोलिन डी ग्रयाण्डहोमले ६४ र कप्तान केन विलियमसनले ४१ रन बनाए। न्युजिल्याण्डका लागि कोलिन मुनरोले १२,मिचेत सान्टनर र मार्टिन गुप्तिलले ५।५,रस टेलरले ३ र टम लेथमले १ रनको योगदान गरे ।

एक समय ८३।५ को नाजुक अवस्थामा रहेको न्युजिल्याण्डको लागि निसम र ग्रयाण्डहोमले १ सय ३२ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए।

न्युजिल्याण्डलाई रोक्ने क्रममा पाकिस्तानका शाहिन अफ्रिदीले ३ तथा मोहम्मद आमिर र शदाब खानले १ । १ विकेट लिए।

World Cup

TEAM M W L PT NRR
AUS 7 6 1 12 0.906
NZ 7 5 1 11 1.028
INDIA 5 4 0 9 0.809
ENG 7 4 3 8 1.051
BDESH 7 3 3 7 -0.133
PAK 7 3 3 7 -0.976
SL 6 2 2 6 -1.119
WI 6 1 4 3 0.19
SA 7 1 5 3 -0.324
AFG 7 0 7 0 -1.634

यो जितपछि पाकिस्तान ७ खेलबाट ७ अंकसहित अंकतालिकाको सातौँ स्थानमा छ। पराजित भएको न्युजिल्यान्ड पनि समान खेलबाट ११ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ।

Share Now

Leave a comment.