Prakash Adhikari August 11, 2019

 

ब्राम्पटन(क्यानडा), २६ साउन । नेपाली खेलाडी सोमपाल कामी आबद्ध विनिपेग ह्वाक्स ग्लोबल टि २० क्यानडाको फानलमा पुगेको छ ।
प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न खेलमा विन्नीपेग ह्वाक्सले ब्राम्पटन वुल्भ्सलाई ७ विकेटको अन्तरले पराजित गरेको छ ।

खेलमा टस जितेर ब्याटिड. गरेको ब्राम्पटन उल्भस्ले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय रन जोडेको थियो ।

winnipeg hawksको लागि तस्बिर परिणाम

२ सय १ रनको लक्ष्य पाएको सोमपालको टीम विनीपेग ह्वाक्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन जोडेर खेलको नतिजा आफ्नो पक्षमा पारेको हो ।

winnipeg hawksको लागि तस्बिर परिणाम: Chris Lynn , JP Duminy , Dwayne Smith, Rayad Emrit ( c ) , Paul Van meekeren , Mohammad Irfan , Shaiman Ansar , Sunny Sohal , Hamza Tariq , Kaleem Sana, Umair Ghani

winnipeg hawksको लागि तस्बिर परिणाम Lendl Simmons(w), George Munsey, Colin Munro, Babar Hayat, Shahid Afridi, Daren Sammy(c), Wahab Riaz, Rohan Mustafa, Zahoor Khan, Junaid Siddiqui, Cecil Pervez

खेलको नतिजा आफ्नो पक्षमा पार्ने क्रममा विनिपेग ह्वाक्सका शैमान अनवरले ५२,जेपी डुमिनी ५०,सनी सोहेल ४१,क्रिस लिन ३५ र द्धैयन स्मिथले १७ रनको योगदान गरे ।

सोमपालको टिमलाई रोक्न ब्राम्पटनका साहिद अफ्रिदी,वाहव रियाज र जाहिर खानले समान १ । १ विकेट लिए ।

यस अगाडि टस जितेर ब्याटिड. गरेको ब्राम्पटन वुल्भसले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय रन जोडेको थियो ।

वुल्भस्को लागि सामीले ३३, बाबर ह्यात र शाहिद अफ्रिदीले ३२।३२, वाहव रियाजले २२, जर्ज मुन्सेले २२, रोहन मुस्तफा १४, लेन्दल सिम्पसन ७ र कोलिन मुनरोले ४ रनको योगदान दिए ।

वुल्भस्लाई रोक्न सोमपालको टीमका रायद इम्रिटले ३, कालिम सानाले २ तथा मोहम्मद इफ्रान र पौल भान मिकेरेनले समान १ । १ विकेट लिए ।

अब सोमपालको टीमले आइतबार राती भानकुभर नाइट्ससंग फाइनल खेल खेल्नेछ ।

विन्नीपेग हक्सले बिहिबार भएको इलिमीनेटर खेलमा सन्दीप लामिछाने आबद्ध टोरोन्टो नेसनललाई २ रनले पराजित गर्दै दोश्रो क्वालीफायरमा पुगेको थियो । सूर्यास्त पछिको अध्यारो अर्थात खराब प्रकाशको कारण युभराज सिंह कप्तानीको टोरोन्टो डी ।एल मेथडमा पराजित हुँदै खेल प्रतियोगिताबाट बाहिरिएको थियो ।

विन्नीपेगमा रहेका नेपाली अल(राउण्डर सोमपाल कामिले लिग चरणमा एडमोन्टन रोयल्स बिरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए। खेलमा २ ओभर बलिड.को मौका पाएका उनले ३३ रन खर्च गरे । विकेट लिन नसके पनि पहिलो अन्तराष्ट्र्यि लिगमा उनले ब्याटिंगमा अविजित १ रन बनाए ।

Share Now

Leave a comment.