Prakash Adhikari August 13, 2019

 

काठमाडौं, २८ साउन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेका निम्ति मंगलबारका दिन सुरुमा अत्यन्त तवानपूर्ण अपरान्ह पछि निकै रोमाञ्चक रहन पुग्यो ।

सेप्टेम्बर पहिलो साता आयोजना हुने क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा अमेरिकी मार्ग उपयाग गर्ने क्रममा सन्दीपले अमेरिकी दूतावासमा भिसा आवेदन दिएका थिए। तर भिसा लिने क्रममा जब उनी दूतावास पुगे, उनी आश्चर्यचकित भए,उनको भिसा आवेदन अस्वीकृत गरिएको रहेछ ।

बडो आश्चर्यचकित र निराश बन्दै उनले आफ्नो कुरा ट्वीटरमा सार्वजनिक गरेपछि देश विदेशवाट उनका फ्यानको यस्तो दबाव आयो, केही घण्टामा नै अमेरिकी दूतावासले निर्णय बदल्यो र उनलाई भिसा लिन आमन्त्रण गर्यो ।

यस क्रममा परराष्ट मन्त्री र परराष्ट मन्त्रालयबाट समेत उनलाई भिसा दिन दूतावासलाई दबाव गएको बताइएको छ ।

दूताबासले पूर्व निर्णय बदलेर भिसा दिएपछि उनले दूतावास भिसाका लागि पहल गरिदिने सरकारी निकायसहित समर्थकहरुलाई धन्यवाद दिएका छन् ।

सेप्टेम्बर ४ देखि सुरु हुने क्यारेबियन प्रिमियर लिगको लागि सन्दीप सेप्टेम्बरको सुरुमा नै त्यता जान खोज्दै छन् ।

नेपाली क्रिकेट स्टार सन्दीप यस पटक बर्बाडोस ट्रिडेन्टको लागि खेल्दैछन्। बर्बाडोस जानको लागि अमेरिका हुँदै जानु पर्ने तथा लिगको खेलहरु पनि अमेरिकामा गर्ने योजना हुँदा सन्दीप भिसाको माग गरेका थिए।

सन्दीपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ।

सन्दीपलाई बार्बाडोसले ७० हजार डलरमा अक्सनबाट लिएको थियो ।


प्रतियोगितामा लिगमा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

सीपीएल टि २० को अघिल्लो सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेलेका थिए ।त्यस क्रममा उनले आफूले खेलेका ५ खेलबाट ७ विकेट लिएका थिए। उनको टीमले दोश्रो क्वालीफायरमा पराजित हुँदै तेश्रो भएर यात्रा टुंगाएको थियो ।

नेपाली क्रिकेट स्टार सन्दीप २०१६ मा अन्डर१९ विश्वकपदेखि नेपाली टिमको लागि खेलिरहेका छन् र उनले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिता खेलिसकेका छन्।यस क्रममा उनलेअस्ट्रेलिया, हंगकंग, वेस्टइन्डिज, क्यानडा, पाकिस्तान, युएई , संयुक्त अधिराज्य, बंगलादेश, मलेशिया,सिंगापुर,नामिविया जस्ता धेरै देशहरु घुमिसकेका छन्।

यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि २० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका  सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्।

बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ।

Hero CPL 2019 Fixtures 

Wednesday 4 Sep Trinbago Knight Riders v St Kitts & Nevis Patriots, Trinidad
Thursday 5 Sep Guyana Amazon Warriors v St Lucia Stars, TBC
Friday 6 Sep Trinbago Knight Riders v Jamaica Tallawahs, Trinidad
Saturday 7 Sep Guyana Amazon Warriors v St Kitts & Nevis Patriots, TBC
Sunday 8 Sep Trinbago Knight Riders v St Lucia Stars, Trinidad
Sunday 8 Sep Guyana Amazon Warriors v Barbados Tridents, TBC
Tuesday 10 Sep St. Kitts & Nevis Patriots v Jamaica Tallawahs, St. Kitts
Wednesday 11 Sep St Kitts & Nevis Patriots v Barbados Tridents, St. Kitts
Thursday 12 Sep Jamaica Tallawahs v St Lucia Stars, Jamaica
Friday 13 Sep Jamaica Tallawahs v Trinbago Knight Riders, Jamaica
Saturday 14 Sep St Kitts & Nevis Patriots v Guyana Amazon Warriors, St. Kitts
Sunday 15 Sep Jamaica Tallawahs v Barbados Tridents, Jamaica
Sunday 15 Sep St Kitts & Nevis Patriots v St Lucia Stars, St Kitts
Tuesday 17 Sep St Kitts & Nevis Patriots v Trinbago Knight Riders, St. Kitts
Wednesday 18 Sep Jamaica Tallawahs v Guyana Amazon Warriors, Jamaica
Thursday 19 Sep Jamaica Tallawahs v St Kitts & Nevis Patriots, Jamaica
Friday 20 Sep St Lucia Stars v Barbados Tridents, St Lucia
Saturday 21 Sep St. Lucia Stars v Trinbago Knight Riders, St. Lucia
Sunday 22 Sep Barbados Tridents v Guyana Amazon Warriors, Barbados
Monday 23 Sep Barbados Tridents v Jamaica Tallawahs, Barbados
Tuesday 24 Sep St Lucia Stars v St Kitts & Nevis Patriots, St Lucia
Wednesday 25 Sep St Lucia Stars v Guyana Amazon Warriors, St Lucia
Thursday 26 Sep Barbados Tridents v Trinbago Knight Riders, Barbados
Friday 27 Sep St Lucia Stars v Jamaica Tallawahs, St Lucia
Saturday 28 Sep Barbados Tridents v St Kitts & Nevis Patriots, Barbados
Sunday 29 Sep Barbados Tridents v St Lucia Stars, Barbados
Monday 30 Sep Trinbago Knight Riders v Guyana Amazon Warriors, Trinidad
Wednesday 2 Oct Trinbago Knight Riders v Barbados Tridents, Trinidad
Thursday 3 Oct Guyana Amazon Warriors v Jamaica Tallawahs, TBC
Friday 4 Oct Guyana Amazon Warriors v Trinbago Knight Riders, TBC
PLAYOFFS
Sunday 6 Oct Eliminator – 3rd v 4th, TBC
Sunday 6 Oct Qualifier 1 –1st v 2nd, TBC
FINALS
Tuesday 8 Oct Semi-final (Qualifier 2) -Winner Eliminator v Loser Qualifier 1, Brian Lara Cricket Academy, Trinidad
Saturday 12 Oct Final – Winner Qualifier 1 v Winner Semi-final (Qualifier 2), Brian Lara Cricket Academy Trinidad

 

 

Share Now

Leave a comment.