प्रोभिडेन्स,२३ भाद्र । क्यारेबियन प्रिमियर लिग अन्तरगत आफ्नो टीम बार्बाडोस ट्रेडियन्टको पहिलो खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले मौका पाएका छन् ।
लिगको छटौ खेल अन्तरगत सोमबार बिहान भएको खेलमा उनले छैर्टौ ओभरमा बलिड. गर्ने मौका पाए । उनले पहिलो र दोस्रो बल डट फाले हेमराजले रन लिन सकेनन् । तेस्रो बलमा उनले फालेको गुगली बलबाट हेमराजले चौका प्रहार गरे ।चौथो बलमा हेमराजले रन लिन सकेनन् । पाँचौमा हेमराजले एक रन लिए । छैठौ बलको सामना गर्न आएका हेत्मयेरले रन लिन सकेनन् ।
उनले एक ओभरको बलिड.मा विकेट लिन सकेनन् र ५ रन दिए ।
Barbados Tridents XI: 1 Alex Hales, 2 Johnson Charles, 3 Leniko Boucher (wk), 4 JP Duminy, 5 Jonathan Carter, 6 Jason Holder (capt.), 7 Ashley Nurse, 8 Roshan Primus, 9 Raymon Reifer, 10 Josh Lalor, 11 Sandeep Lamichhane.
Amazon Warriors XI: 1 Brandon King, 2 Chandrapaul Hemraj, 3 Shimron Hetmyer, 4 Shoaib Malik (capt.), 5 Nicholas Pooran (wk), 6 Sherfane Rutherford, 7 Shadab Khan, 8 Chris Green, 9 Keemo Paul, 10 Romario Shepherd, 11 Odean Smith.
खेलमा टस जितेर बलिड. रोजेको सन्दीपको बार्बाडोसलाई अमेजन वारियरले १ सय ८१ रनको लक्ष्य दिएको थियो । उसले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ८० रन जोडेको थियो ।
अमेजनका लागि चन्द्र्रपौल हेमराज ६३, निकोलस पुरन ६१,सरफेन रदरफोर्ड ३२,शिमरन हेत्मयार ९, क्याप्टेन सोहेब मलिक ४, ब्राडोन किंगले १ रनको योगदान गरे ।
गुयना अमेजन वारियरलाई रोक्ने क्रममा बार्बाडोसका रोशन प्रिमसले २, रेमन रेफर र क्याप्टेन जन्सन होल्डरले एक एक विकेट लिए ।
सन्दीपको बार्वाडोस गुयना अमेजन वारियर्सले दिएको सहज लक्ष्य पूरा गर्न असमर्थ रह्यो । १ सय ६२ रनको लक्ष्य पाएको बार्बाडोसले निर्धारित २० ओभरको खेल १७ ओभरको चौथो बलमा पूरै विकेट गुमाउदै १ सय ३३ रन जोडेर टुंग्यायो ।
बार्बाडोसका लागि अश्ले नर्सले ४०, जेपी डुमिनीले २०,जोनसन चाल्र्सले १९, लेनिको बाउचरले १६, जोश लालोरले ८, जासन होल्डरले ४ र जोनाथन कार्टरले २ रनको योगदान दिए ।
बार्बाडोसलाई थोरै रनमा समेटन अमेजनका रोमारियो सेफर्डले ४, शादव खानले २, चन्द्रपौल हेमराज, सोयव मलिक र केमो पौलले एक एक विकेट लिए ।
Caribbean Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| GAW | 3 | 3 | 0 | 6 | 1.263 |
| TKR | 3 | 3 | 0 | 6 | 0.886 |
| STKNP | 2 | 0 | 2 | 0 | -0.709 |
| ZOUKS | 2 | 0 | 2 | 0 | -0.812 |
| JT | 1 | 0 | 1 | 0 | -1.1 |
| BT | 1 | 0 | 1 | 0 | -2.35 |
यो जितसंगै गुयना अमेजना वारियर्स हालसम्म खेलिएका ३ खेलमा सबै जित्दै ६ अंकसहित सीपीएलको यो सिजनमा शीर्षमा पुगेको छ । दोस्रो स्थानमा ६ अंक सहित ट्रिबांयगो नाइट राइडर्स रहेको छ । अन्य ४ टीमले कुनै अंक जोडन सकेका छैनन् ।


















