Prakash Adhikari September 10, 2019

काठमाडौं, २४ भाद्र । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै कार्यालयबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले सिंहदरबारको एक्सन रुमबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार्यालयबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नुभएको हो।

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’गर्नुभयो भने ओलीले प्रधानमन्त्री ओलीले सिंहदरबारको एक्सन रुमबाट स्वीच थिचेर रिसिभ गर्नुभयो। यसरी रिसिभ भएको डिजल अमलेखगञ्जमा इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई दिनुभयो।

“यस पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव परेको छ । आजै देखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंया मूल्य घटाएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “यस बाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ । यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठुलो महत्व दिएको बताउनुभएको छ । “हाम्रा दुई देश बीचको सम्बन्ध यती गहन यसलाई जहाँ र जहिले पनि यसलाई बिस्तार गर्ने अवसर हुन्छ  ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल इतिहासको मह्तवपूर्ण मोडमा भएको उल्लेख गर्नभएको छ । नेपाल र भारत दुवै स्पष्ट बहुमतको सरकारका साथ राजनीतिक स्थायित्वको स्थितीमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “बढ्दो आर्थिक वृद्धिदर,गतिशिल र सक्षम मानव संसाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले आपसी लाभका लागि दुई देशहरुबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण पनि सिर्जना गरेको छ ।”

प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धको लागि नयाँ जोश,गतिशिलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम बनाइएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २४ घण्टासम्म सञ्चालन हुन सक्ने छ।

प्रति घन्टा २९४ किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट आएको तेल आजैबाट बजारमा पठाइने आयल निगमले जानकारी दिएको छ। तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखगञ्जमा पठाइन्छ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

Share Now

Leave a comment.