Prakash Adhikari September 22, 2019

काठमाडौं,५ असोज । साविक विजेता नेपाल साफ यु -१८ च्याम्पियनसीपमा आफ्नो दोस्रो खेलमा भुटानसंग ३-० ले पराजित भएको छ ।

यो पराजयसंगै नेपालको सेमिफाइनल यात्रा आफ्नो क्षमतामा निर्भर नभएर भुटान र मालद्धिभ्सबीचको खेलमा निर्भर हुन पुगेको छ ।भुटान र माल्द्धिभ्सको खेल पर्सी मंगलबार हुनेछ । सो खेलमा भुटानले ठूलो अन्तरले माल्द्धिभ्सलाई पराजित गरेको खण्डमा समूह उपविजेताको रुपमा नेपाल सेमिफाइनलमा पुग्ने झिनो संभावना भने कायम रहन्छ ।

Image may contain: 8 people, people playing sports, text and outdoor

नेपाल पहिलो खेलमा मालद्धिभ्ससंग १-१ को बराबरीमा रोकिएको थियो । नेपाल र मालद्धिभ्सले एक एक अंक हासिल गरेका छन भने भुटानले पहिलो खेलमा ३ अंक बटुलेको छ ।

नेपालले भुटानसंगको फुटबल खेलमा यो सहित तीन हार ब्यहोरेको छ । गत बर्षको यु १८ मा पनि पराजयको सामना गरेको नेपालले गत बर्ष भएको यु १४ महिला फुटबलमा पनि हारको उपहार पाएको थियो ।

अर्को समूहका भारत र श्रीलंकाको बीचमा भोलि खेल हुने भएको छ ।

Share Now

Leave a comment.