ब्रिजटाउन(बार्बाडोस ), ६ असोज । क्यारेबियन प्रिमियर लिग अन्तर्गतको टीमको पाँचौ खेलमा सन्दीप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बार्बाडोस ट्रेइियन्ट गुयना अमेजन वारियर्ससंग १२ रनले पराजित भएको छ।
खेलमा टस हारेर ब्याटिंग गरेको बार्बेडोसले १ सय ३९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा गुयनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाउदा वर्षाले खेल रोकिएको थियो।
त्यसको करिब १ घण्टा पछि पुनः खेल सुचारु हुनपुग्यो र २४ बलमा २० रनको नयाँ लक्ष्य पायो। ११ ओभरको समाप्तिमा पुनः खेल रोकियो। त्यसपछि डीएल मेथडमा गुयनालाई विजेता घोषित गरिएको हो।
यस अघि बार्बेडोसले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। उसको लागि जेपी डुमिनिले सर्वाधिक ३८ रन बनाए। यस्तै एलेक्स हेल्सले २४ रन बनाए भने जोन्सन चार्ल्स, जस्टिन ग्रेभ्स, यसले नर्स र रेमन रेफरले समान ११ रन बनाए। २० औं ओभरमा ब्याटिंग गर्न आएका सन्दीप खाता नखोली पहिलो बलमै क्रिस ग्रिनबाट आउट भए।
सन्दीपको किफयती बलिड.
१ सय ३८ रनको सानो योगफलको रक्षा गर्नुपर्ने खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले आफ्नो तर्फबाट राम्रो योगदान दिएका छन्। उनले आजका कूल ३ ओभरमा २१ रन खर्चेर १ विकेट पनि लिए वर्षाको कारण उनले आफ्नो चौथो स्पेल बलिड. गर्न पाएनन्।
सन्दिपको पहिलो ओभरमा एक छक्कासहत ८ रन बनाउन दिए । तेश्रो ओभरमा पहिलो स्पेल बलिड. गरेका सन्दीपलाई ओभरको तेश्रो बलमा चद्रपौल हेमराजले छक्का प्रहार गरे। ३ वटा डट बल फालेका सन्दीपले दुईबलमा थप दुई रन बनाउन दिए ।
आठौँ ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीप्ले ओभरको पहिलो बलमै विकेट लिएर आफूलाई छक्का ख्वाउने हेमराजलाई २० रनमा आउट गरे । यस ओभरमा मात्र ४ रन खर्चेका सन्दिपले महत्वपूर्ण विकेट दिलाउदै टिमलाई समेत खेलमा फर्काए।
१० औं ओभरमा तेश्रो स्पेल लिएर आएका सन्दीपले सुरुमा कसिलो बलिड. गरेपनि अन्तिम २ बलमा ब्रेण्डन किंगले लगातार २ वटा चौका प्रहार गरे। यस ओभरमा सन्दीपले ९ रन खर्चिए।
प्रतियोगिता अन्तर्गत सन्दीप आजको खेलसहित ५ खेलमा ६ विकेट लिएका छन्। प्रतियोगिता अन्तर्गत पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध १ विकेट लिए।
बार्बेडोसले ५ खेल खेल्दा २ जित र ३ हार बेहोरेको छ र ४ अंक सहित चौथो स्थानमा यथावत रहेको छ।छैठौं खेलसम्म अपराजित यात्रा जारि राख्दै गायना प्लेअफ चरण पुग्ने पहिलो टिम बनेको छ।
प्रतियोगिता अन्तर्गत बार्बेडोसले छैठौं खेल जमैका तल्लावाह बिरुद्ध मंगलबार खेल्नेछ। खेल नेपाली समय बिहान ३ः ४५ बजे सुरु हुनेछ।


















