Prakash Adhikari September 24, 2019

ब्रिजटाउन(बार्बाडोस),६ भाद्र (बीबीसी) । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिगमा आजको खेलमा पनि चम्केका छन् । आज भैरहेको जमैका तल्लाबाहविरुद्धको खेलमा उनले किफयती बलिड. गर्दै दुई विकेट लिएका छन् ।

आजको खेलमा पाँचौ ओभरमा पहिलो स्पेल बलिड. गर्न आएका सन्दीपले दोस्रो बलममा नै जमैकाका वाल्टनलाई १३ रनमा आउट गरे । सो स्पेलमा उनले ३ रन दिएर १ विकेट लिए । सातौं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपको यो ओभरको चौथो बलमा डीआर स्मिथ शिकार भए । उनले यो स्पेलमा पनि १ विकेट लिएर ५ रन बनाउन दिए ।

सोह्रो ओभरमा तेस्रो स्पेल गरेका सन्दीपले यो ओभरका ६ वलमा कुनै विकेट लिन सकेनन् तर बलिड. भने किफायती रह्यो । उनले यस ओभरमा पनि ३ रन मात्रै बनाउन दिए ।

त्यसपछि १८ औं ओभरमा आफ्नो अन्तिम स्पेल लिएर आएका सन्दीपले यो ओभरमा पनि किफयती बलिड. गरे विकेट लिन सकेनन् । उनले यो ओभरमा ६ रन बनाउन दिए ।

समग्रमा ४ ओभर बलिड. गर्दा सन्दीपले २ विकेट लिएर १७ रन बनाउन दिए ।

Image

आजको खेलमा पहिले बलिड. गरेको सन्दीपको बार्बाडोस ट्र्डिियन्टले जमैका तल्लाबाहबाट १ सय २८ रनको लक्ष्य पाएको छ । अहिले बार्बाडोस ब्याटिड. गरिरहेको छ । उसले १४ औं ओभरको अन्त्यमा ४ विकेटको क्षतिमा ७८ रन जोडेको छ ।

Share Now

Leave a comment.