Prakash Adhikari September 30, 2019

 

काठमाडौं,१३ असोज। संघीय संसदको प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुब्र्यबहार गरेको गम्भीर आरोप लागेको छ ।

सभामुख महराले आइतवार साँझ तिनकुनेस्थित महिला कर्मचारीको डेरामै गएर जवर्जस्ती यौन सम्पर्क गरेको आरोप पीडित महिलाले लगाउनुभएको छ ।
मदिरा सेवन गरी ती कर्मचारीको डेरामा पुग्नुभएका सभामुख महराले आफैले मदिरा र स्यान्क्स लिएर जानुभएको र कर गरेर आफूलाई पनि ख्वाएको पीडित महिलाले बताउनुभएको छ । सभामुख महरा पीडित महिलाको घरमा सुरक्षाकर्मी बेगर जानुभएको बताइन्छ । पीडित महिलाका अनुसार उहाँले सामुदायिक मार्गमा गाडी रोकी सुरक्षाकर्मीलाई त्यही राखेर आफूमात्रै महिला कर्मचारीको डेरामा पुग्नुभएको थियो

पीडित महिलाले बताए अनुसार सभामुख महराले आधा बोतल रक्सी सेवन गरेपछि जबरजस्ती करणी गर्नुभएको थियो । सभामुखको दुब्र्यबहारको प्रतिकार गर्दा महिलाको टाउको, पिडौला र नलिखुट्टा,नाडी र मुखमा चोट लागेको छ ।

प्रतिकारका क्रममा सभामुखको चस्मा फुटेको र त्यही छुटेको छ भने पीडित महिलाले हारगुहार माग्न थालेपछि हतारमा जानेक्रममा सभामुखको जुत्ताको तलुवा समेत छुटेको छ । पीडित महिलाले बताए अनुसार सभामुख महराले आफू निवास पुगेपछि आइतबार रातिको नसाको तालमा भएका घट्ना विर्सन र सार्वजनिक नगर्न पटक पटक फोन गर्नुभएको थियो ।

पीडित महिलाले आफूमाथि भएको दुब्र्यबहारको बारेमा संसदमा प्रतिनिधित्व गर्ने प्र्रमुख दलका अगुवा महिलाहरुलाई जानकारी दिएको बताउनुभएको छ । उहाँले आइतबार नै नजिको प्रहरीमा पुगी जाहेरी दिनुभएको र प्रहरी घटनास्थलमा पुगेर प्रकृति हेरी फर्केको बताउनुभएको छ ।

सभामुख महराबाट भएको यस घट्नाका बारेमा सोमबार साँझ राजधानीमा ब्यापक चर्चा भएको छ । पद अनुकूल आचरण नभएको यस विषयको गाम्भीर्यतालाई सभामुख महराले बुझ्न ढिला भएर स्वभाविक रुपमा राजिनामा नदिएमा उहाँमाथि पद अनुकूल आचरण नगरेको विषयमा संसदमा विशेष महाधिवेशन बोलाएर विशेष प्रस्ताव ल्याएर हटाउने संभावना छ । सोमबार साँझमात्रै घट्ना विवरण सार्वजनिक भएकोले राजिनामा माग्ने कि विशेष अधिवेशन बोलाएर महाभियोग सरहको पदअनुकूल आचरण नगरेको आरोपमा उहाँलाई पदच्यूत गराउने भन्ने बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा छलफल हुन पाएको छैन ।

तर संसदमा सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि तात्कालीन नेकपा एमाले र माओवादीका बीचमा पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएपछि भने संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने प्रावधान राखिएकोले सभामुख र उपसभामुख मध्ये एक पद नेकपाले त्याग्नुपर्ने र आफूले पाउनुपर्ने माग नेपाली कांग्रेसले प्रमुखताका साथ उठाउदै आएको थियो । कांग्रेसले यसलाई संविधानको उल्लंघनको रुपमा व्याख्या गर्दै आइरहेको पनि छ ।

वर्तमान घट्नाले नेपाली कांग्रेसको सो मागलाई सान्दर्भिक बनाएकोले नेपाली कांग्रेसले यो फौजदारी अभियोग जोडिएको राजनीतिक मुद्दालाई नछोड्ने लगभग निश्चित जस्तै छ ।

Share Now

Leave a comment.