Prakash Adhikari November 8, 2019

 

काठमाडौं, २२ कार्तिक । प्रहरीले पूर्व सहायकअर्थमन्त्री रुप ज्योतिकीछोरी सुरुचिलाई शुक्रबार पक्राउ गरेको छ ।

प्रहरीले बिहिबार पूर्वसहायक मन्त्री रुप ज्योतिलाई अग्रिम भुक्तानी लिएर संझौतामा उल्लेख भएबमोजिमको घर उपलब्ध नगराएको आरोपमा पक्राउ गरेको थियो ।

बिहिबार सिंगापुरबाट सिल्क एयरमा काठमाडौं आउनुभएका रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति नै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले सोही मुद्दामा छोरी सुरुचिलाई भने शुक्रबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रुप ज्योति अध्यक्ष रहेको ल्यान्डमार्क हाउजिङ कम्पनीले बिकेन्द्रकृष्ण मल्ललाई २ करोड १४ लाख ७ सय ५० रुपैयाँमा महाराजगञ्ज क्षेत्रमा तयारी घरदिने भनेर सम्झौता गरेको थियो।

यसबापत कम्पनीले मल्लसँग १ करोड ३६ लाख रुपैयाँ बुझेको थियो। तर, मल्ललाई घर पनि नदिने र लिएको रकम पनि फिर्ता नगरेपछि कम्पनीका सञ्चालक विरुद्ध ठगी मुद्दामा गत वर्ष मंसिरमा मल्लले प्रहरी परिसरमा जाहेरी दिनुभएको थियो ।

परिसरले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रुप ज्योतिलाई पक्राउ गर्न २०७५ मंसिर २० मा अनुमति लिएको थियो। रुप ज्योतिले त्यसविरुद्ध सर्वोच्च अदालतबाट निषेधाज्ञा ल्याउनुु भयो । सो निषेधाज्ञा मंगलबार उल्टिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट मंगलबार खारेज गरेपछि मल्ल पूरक जाहेरी लिएर परिसर पुग्नुभयो।

प्रहरीले मल्लको पूरक जाहेरीपछि अदालतबाट अनुमति लिएर रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले दुवैजनालाई थप ३ दिन हिराशतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको जनाएको छ ।

Share Now

Leave a comment.