Prakash Adhikari November 9, 2019

काठमाडौं, २३ कार्तिक । खेल जगतमा अलिक बढी नै आशा जगाएको नेपालको क्रिकेटमा पुरुष टीमसंगै महिला टीमको उन्नति पनि तीव्र गतिमा भइरहेको छ । अन्तराष्ट्रिय खेलमार्फत आफ्नो क्षमता अभिवृद्धि र पदक विजयको अभिलाषा बोकेर शुक्रबार नेपालको अण्डर १९ समूहका पुरुष र महिला टीम विदेश यात्रा प्रस्थान गरेका छन् ।

पुरुष टीम यही नोभेम्बर ११ देखि भारतमा सुरु हुने अन्डर-१९ च्यालेन्जर्स सिरिजमा सहभागी हुन जाने नेपाल अन्डर १९ ए टिमको शुक्रबार भारत प्रस्थान गरेको छ भने बी एण्ड आर क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्न महिला यु १९ टीम शुक्रबार नेपालबाट प्रस्थान गरेको छ ।

ऋत गौतमको कप्तानीमा रहेको नेपाली अण्डर १९ पुरुष टिमलाई नेपाल क्रिकेट संघ क्यानले टिम बसेको नक्सालस्थित होटल क्राउन प्लाजाबाट विदाई गरेको हो। क्यान महासचिव अशोकनाथ प्याकुरेलले टोलीलाई विदाई गर्नु भएको थियो। टिम विहान १० बजे भारततर्फ प्रस्थान गर्यो।

भारतको हैदराबादमा खेलिने प्रतियोगितामा भारतीय अन्डर(१९ टिमको भारत निलो, भारत रातो र भारत पहेंलो गरी तीन टिमहरुसंग खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर ११ मा भारत पहेलोसंग खेल्नेछ। दोश्रो खेल नोभेम्बर १३ मा भारत रातोसंग तथा तेश्रो खेल भारत निलोसंग १५ नोभेम्बरमा खेलिनेछ। सबै ४ टिमले एक अर्का बिरुद्ध खेलिसकेपछि अंक तालिकामा उत्कृस्ट २ टिमले फाइनल खेल्नेछन् । तेश्रो र चौथो टिमबीच तेश्रो स्थानको लागि खेल हुनेछ।

खेल तालिका

नेपाली टिमको प्रशिक्षणमा यु१९ टिम प्रशिक्षक बिनोद दास छन भने व्यवस्थापकको रुपमा राजु खड्का रहेका छन्। नेपाल यु १९ ए टिमको रुपमा नामाकरण भएको यो टीममा यु १९ टिमबाट नियमित खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको छ।

नेपाली यु१९ ए टिम ः रित गौतम (कप्तान) , तृतराज दास, विशालबिक्रम केसी, लोकेश बम, खडक बोहरा, हरिबहादुर चौहान, अभिषेक बस्नेत , अरुण ऐरि, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी।

यु १९ महिला टिम चीनतिर

यही नोभेम्बर ११ देखि सुरु हुने ‘बि एण्ड आर’ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली अन्डर १९ महिला राष्ट्रिय टिम चीन प्रस्थान गरेको छ।
नेपाली टिमलाई नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले विदाई गर्नु भयो।

प्रतियोगितामा नेपाल लगायत आयोजक चीन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाईल्याण्डसंग नोभेम्बर ११ मा खेल्ने छ। दोश्रो खेल साउदी अरबसंग नोभेम्बर १२ मा तथा तेश्रो खेल पनि त्यसै दिन आयोजक चीनसंग खेल्नेछ। यस्तै चौथो खेल मलेसियासंग १४ नोभेम्बरमा तथा पाँचौ र अन्तिम खेल म्यानमारसंग १५ नोभेम्बरमा खेल्नेछ।

टिमको प्रशिक्षक नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी कलाम अली रहेका छन्।

नेपाली टिम : डली भट्ट (कप्तान) , कविता कुँवर (उपकप्तान) , कृतिका मरासिनी , यशोदा बिष्ट, सृष्टि जैसी, राजमति ऐरी, इश्वरी बिष्ट, लक्ष्मी साउद, खुसी डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी

बैकल्पिक खेलाडी : हेलिशा लामा गुरुङ , पेम लम्बु शेर्पा, मनिषा राना ,
प्रशिक्षकः कलाम अलि , व्यवस्थापक – अमृता पौडेल, फिजियो – सकुना दानी

Share Now

Leave a comment.