Prakash Adhikari November 19, 2019

 

काठमाडौं, ३ मंसिर । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयर धनीलाई दिने लाभांश घोषणा गरेको छ। होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

होटलको सञ्चालक समितिको २ मंसिरमा बसेको बैठकले १५ प्रतिशत बोनस शेयर र ११.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०७४। ७५ को मुनाफाबाट होटलले १६.३२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

सो लाभांशको प्रस्ताव पुस २४ गते नेपाल प्रज्ञा भवन, कमलादीमा हुने साधारण सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि होटलले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्नेछ। मंसिर २४ गतेसम्म कायम शेयरधनीहरुले होटलको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

Share Now

Leave a comment.