Prakash Adhikari November 19, 2019

 

काठमाडौं, ३ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैया मूल्य बराबरको ८ करोड कित्ता आइपीओ ल्याउने भएको छ ।

बैंकले मंसिर २९ गते तय गरेको साधारण सभाबाट यो प्रस्ताव पारित गरी सार्वजनिक निष्काशनको प्रक्रिया थाल्ने बताइएको छ ।

यो नेपाली पूँजी बजारमा आउन लागेको यो अहिलेसम्मकै ठूलो आइपीओ हुनेछ ।

बैंको साधारण सभा लाजिम्पाटमा अवस्थित होल रयाडिसनमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । आइपीओ जारी गर्नका लागि चुक्ता पुँजी पनि १२ अर्ब बाट बढाएर २० अर्ब पुर्याउने एजेन्डा तय गरिएको छ। सभामा सोही अनुसार बैंकको प्रबन्धपत्र संशोधन गरिने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ भने रिजर्भ कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ

Share Now

Leave a comment.