Prakash Adhikari December 18, 2019

पोखरा(कास्की), २ पौष । पोखरा प्रिमियर लिग अन्तरगत बुधबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले पराजित गरेको छ।

पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा १ सय ४५ रनको योगफल तयार गर्यो।

१ सय ४६ रनको विजयलक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पोखरा पल्टनले निर्धारित २० ओभरमा ‍‍‍८ विकेट गुमाएर ‍‍‍‍१ सय रन मात्र जोड्न सक्यो।

पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान गरे। कुशल भूर्तेल २४ रनमा आउट भए । त्यस्तै आशिफ शेखले १३ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पोखरालाई रोक्ने क्रममा विराटनगरका किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जहिद आलमले २ । २ र साहब आलम, पुनित मेहरा र नोमन खानले १ । १ विकेट लिए।

यसअघि पहिले ब्याटिङमा उत्रिदै विराटनगरका ओपनर मुहम्मद जहिद आलमले २६ रन, सुनील धमलाले ३६ रन, पुनित मेहराले ६१ रन र राजु रिजालले ९ रन बनाएका थिए ।

विराटनगरलाई रोक्ने क्रममा पोखराका कप्तान शरद भेसावकरले २ तथा सर्वोजित लड्डा र कुशल मल्लले १ । १ विकेट लिए।

पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सविरुद्ध ९ विकेटको शानदार जित हासिल गरेर दोस्रो खेलमा चितवनसँग ६ विकेटले पराजित भएको पोखराले लगातार दुई खेलमा पराजय भोगेको छ।

पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको विराटनगरको यो पहिलो जित हो।

Share Now

Leave a comment.