Prakash Adhikari December 21, 2019

काठमाडौं , ५ पौष । नेपाल कम्युनिष्ट पार्टी )नेकपा)को स्थायी कमिटीको बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गरेको छ।
शनिवार स्थायी समितिको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो। यसको औपचारिक घोषणा आइतबार हुने बताइएको छ ।

पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोले पार्टीभित्र पूर्व नेकपा एमालेको आवाज मुखरित गर्न र सगठनमा पूर्व एमालेको वर्चश्व कायम राख्न प्रधानमन्त्री ओली उपाध्यक्ष बनाउन राजी हुनुभएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु आफूले कार्यकारी अध्यक्ष पनि पाएको र प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण मुलुकको कार्यकारी प्रधानमन्त्री त्याग गर्ने अवस्था आएमा सो जिम्मेवारी लिन अहिल्यैदेखि जुँघामा ताऊ लगाइराख्नु भएकाले गौतमलाई पार्टीको उपाध्यक्ष दिन तयार हुनुभएको हो ।

संसदमा सदस्य नरहेकोले नेता बामदेव गौतम प्रधानमन्त्री बन्न चाहनेहरुको लागि अहिले बाधक हुनुहुन्न । उहाँलाई पार्टीको अधिक जिम्मेवारी दिएर आफ्नो पक्षमा पार्टी परिचालन गरिदिन भने पार्टीभित्र विभिन्न समूहले दवाव र प्रभाव जारी राख्ने भने देखिन्छ ।

यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले एक विज्ञप्ति जारी गर्दै चालु स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राख्नुभएपछि छलफलको क्रम पूरा भएको बताउनुभएको छ ।

बैठकमा सबै सदस्यहरुले राख्नुभएका आ–आफ्ना धारणाहरुको सम्बन्धमा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरु राख्नुभएको थियो भने री विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव विष्णुप्रसाद पौडेलले प्रष्ट गर्नुभएको थियो । स्थायी समिति सदस्यहरुले राखेका धारणमा पार्टी सचिवालयको बैठकले साझा अवधारणा बनाएपछि मात्र अध्यक्ष र महासचिवले जवाफ दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले प्रतिउत्तर सम्बोधनका क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको विचार व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.