Prakash Adhikari January 12, 2020

 

मेलबर्न(अष्ट्रेलिया), २७ पौष । अष्ट्रेलियाको चर्चित घरेलु लिग बिग ब्यास लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले टीमको नवौं खेलमा आठौं जित हासिल गर्दै अंक तालिकाको शीर्षस्थान सुरक्षित गरेको छ ।

आइतबार सम्पन्न खेलमा सन्दीपको मेलवर्न स्टार्सले दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्सलाई ४४ रनले पराजित गर्यो ।

खेलमा मेलबर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाउदै १ सय १९ रन जोडेको थियो ।

२ सय २० रनको विशाल लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रनमात्र जोड्न सक्यो ।

सिक्सर्सका लागि वेन द्धारस्वीसले ४२, मोएसिस हेनरिकले ४१, जोर्डन सिल्कले ३२,डेनियल हग्सले २० तथा जेम्स भिन्सले १६ रन बनाए । खेलमा ज्याक्सन बर्ड र जोश फिलिपले ६.।६ , जस्टिन एभेन्डानोले ४ र टम कुरानले ३ रनको योगदान दिए ।

Stars Marcus Stoinis, Hilton Cartwright, Ben Dunk, Glenn Maxwell (capt), Seb Gotch, Nick Larkin, Clint Hinchliffe, Dan Worrall, Lance Morris, Haris Rauf, Sandeep Lamichhane

Sixers Josh Philippe, Daniel Hughes, James Vince, Moises Henriques (capt), Jordan Silk, Tom Curran, Justin Avendano, Ben Dwarshuis, Jackson Bird, Steve O’Keefe, Lloyd Pope

सिड्नी सिक्सर्सलाई रोक्ने क्रममा मेलबर्नका क्लाइन्ट हिनक्लिफले ३ तथा सन्दीप लामिछाने, लान्स मोरिस र हरिस रौफले एक एक विकेट लिए ।

यस अगाडि सन्दीपको मेलबर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा १ विकेटको क्षतिमा २ सय १९ रनको योगफल तयार पारेको थियो ।

मेलबर्नका तर्फबाट मार्कस स्टोनिसले १ सय ४७, हिल्टन कार्ट राइटले ५९ र कप्तान ग्लेन म्याक्दस्वेलले ३ रनको योगदान दिए ।

मेलबर्नलार्ई रोक्ने क्रममा सिड्नी सिक्सर्सका टम कुरानले १ विकेट लिए ।

सन्दीपको प्रदर्शन

आइतबारको खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले आफ्नो खातामा थप एक विकेट जोड्ने सफलता पाएका छन् । सन्दीपले ४ ओभरमा ३५ रन खर्चिएर १ विकेट हात पारे ।

मेलवर्नको आठौं ओभरमा व्यक्तिगत पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा मोसिस हेनरिकको छक्काको सामना गर्न पर्यो । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा २ रन दिन पुगे । पाँचौ बल डट राख्दै रन रोक्ने प्रयास गरेका सन्दीपले छैटौं बलमा एक रन दिन पुगे । उनले आफ्नो पहिलो ओभरमा १० रन खर्चिए ।

टिमको दशौं ओभरमा दोस्रो स्पेल लिएका आएका सन्दीपले पहिलो बल डट फाले । दोस्रो बलमा २ रन दिए भने तेस्रो बलमा छक्काको सामना गरे । चौथो र पाँचौं बलमा एक एक रन दिएका सन्दीपले अन्तिम बल पनि डट भयो । दोस्रो ओभरमा पनि १० रन नै खर्चिए ।२ ओभरमा २० रन खर्चिदासम्म सन्दीप विकेटबिहिन नै थिए ।
तेह्रो ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले पहिलो बल डट फाले । दोस्रो बलमा विकेट लिदै टम कुरानलाई बाहिर पठाए । तेस्रो ,पाँचौ र छैठौं बलमा एक एक रन दिएका उनले चौथो बलमा २ रन दिए । यसरी तेस्रो ओभरमा ५ रन दिएर १ विकेट लिने सफलता उनलाई मिल्यो ।

सत्रौं ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा २ रन दिए । दोस्रो बलमा चौका खाएका उनले तेस्रो बलमा एक रन दिए । तेस्रो बल डट फालेका उनले चौथो बलमा २ रन दिए भने अन्तिम बलमा १ रन दिए । यसरी ९ रन दिएर उनले अन्तिम ओभर पूरा गरे । ४ ओभरमा ३५ रन दिएर १ विकेट लिए ।

TEAM M W L PT NRR
MS 9 8 1 16 0.987
SS 9 6 3 12 -0.003
AS 8 4 3 9 0.561
ST 9 4 4 9 0.022
BH 8 4 4 8 -0.076
PS 8 4 4 8 -0.153
HH 8 3 5 6 -0.486
MR 9 0 9 0 -0.789
Share Now

Leave a comment.