Prakash Adhikari April 2, 2020

काठमाडौं, २० चैत्र । कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जना बिरामीको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको हो हो ।

चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो नमुना संकलन लिएर जाँदा गर्दा रिपोर्ट पोजेटिभ नै आएको हो । उनीहरुको टेकुमै उपचार भइरहेको छ ।

रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना निको भएर परिवारमा फर्किसकेका छन्  ।

 

Share Now

Leave a comment.