Prakash Adhikari May 20, 2020

 

बुटबल, ८ जेठ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको उपचारको क्रममा रुपन्देहीको मणिग्राममा मृत्यु भएको छ ।

गुल्मी मदाने गाउँपालिका–६ का शिक्षकको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

मृत्यु

 

उनको अवस्था नाजुक बनेर भेन्टिलेटरमा राखिएपछि बुधबार नै उनको मृत्यु भएको खबर छ्याप्छ छ्र्याप्ती भएको थियो । तर अस्पतालले यसको खण्डन गर्दै उनी भेन्टिलेटरमा रहेको र स्वास्थ्य अवस्था गम्भीर भएको जानकारी गरायो ।

गुल्मीको मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक रहेका उनीमा क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि ज्वरो देखिएको थियो ।

गाउँकै पुर्कोटदहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।

तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए ।

त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरेपछि उनलाई बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।

Crimson Hospital - Butwal - Tilottama, Manigram

सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए ।

उनीसँग सम्पर्कमा भएका र उनका परिवारका सदस्यहरुको स्वाब सङ्कलन गरि परीक्षणका लागि पठाइएको छ ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

उनीहरु दुवैजनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो

Share Now

Leave a comment.