Prakash Adhikari May 20, 2020

काठमाडौं ७ जेठ । आफ्नो प्रतिभा क्षमताद्धारा भारतीय चलचित्र जगतमा विशिष्ट स्थान बनाएकी नेपाली चेली अभिनेत्री मनिषा कोइरालालाई नेपालले हालै सार्वजनिक गरेको नयाँ राष्ट्रिय नक्साको समर्थन गर्दा भारतीय सञ्चार माध्यमहरुले खेदो गर्न थालेका छन् ।

अभिनेत्री मनिषाले गत सोमबार बेलुका मन्त्रिपरिषद्बाट नेपालको पश्चिमोत्तर सीमामा सुगौली सन्धीद्धारा निर्धारित सीमालाई समेटेर नयाँ नक्सा प्रकाशित गर्ने सम्बन्धमा भएको निर्णयप्रति पराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई रिट्विट गर्नुभएको थियो।

नेपालको नयाँ नक्सा मन्त्रिपरिषदले पारित गरेको र उक्त नक्सा छिट्टै प्रकाशित हुनेु आशयको ट्विटप्रति समर्थन जनाउँदै मनिषाले , ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद। यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौु’ भन्ने कमेन्ट गर्नुभएको थियो ।

मनिषाको ट्वीट सामाजिक सञ्जालमा आउने वित्तिकै भारतीयहरुले उहाँको विरोधमा शब्दहरुको बर्षा गर्न थाले । नेपाली चेलीले आफ्नो देशको समर्थनमा दुई शब्द अभिव्यक्ति दिंदा नेपालमा संविधानसभाले संविधान बनाउदा नाकाबन्दी गर्ने र नेपालको सीमा अतिक्रमित गरेर नेपालकै अर्को छिमेकी चीनका गतिविधि नियन्त्रण गरेको जानकारी पाएका नेपालीहरु पनि भारतीयहरुको विरोधमा उत्रिहाले ।

भारतीय मिडिया र भारतीय चलचित्र जगतसंग आबद्ध कतिपय भारतीयले मनिषालाई भारतको दानापानी खाएर चीनको समर्थन गरेको भन्ने तल्लो स्तरको आरोप पनि लगाएका छन् ।

https://twitter.com/Urbanationalist/status/1263027490248785920

मनिषा कोइराला नेपालका राजनीतिक घरानाका चेली हुनुहुन्छ र उहाँका बुबा प्रकाश कोइराला नेपालको केन्द्रीय सरकारको मन्त्री रहिसक्नुभएको व्यक्ति हुनुहुन्छ तथा तीनजना हजुरबुबाहरु सार्वभौमसत्ता सम्पन्न नेपालको प्रधानमन्त्री बनिसक्नुभएको छ । मनिषाका हजुरबुबा वी.पी. कोइरालाले भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागी भएर भारतलाई अंग्रेजको उपनिवेशबाट मुक्त गर्न योगदान गर्दा जेलसमेत भोग्नुपरेको थियो भन्ने इतिहास भारतको डिजिटल एजका नागरिक , सञ्चारकर्मी र फिल्मकर्मीहरुमा पनि कम छ ।

भारतीयहरुले ‘तिमीसँग लाज नामको चीज रहेनछ। तुरुन्त भारत छाडेको राम्रो !’ भनेका छन भने कसैले मनिषालाई देशनिकाला गर्न आफ्नो सरकारसँग माग गरेका छन्।

नेपाली ट्विटर प्रयोगकर्ताले भने मनिषाको प्रशंसा गरेका छन्।

https://twitter.com/NischalRaee/status/1263006217435099136

https://twitter.com/PukarUprety3/status/1262961820442255361

Share Now

Leave a comment.