काठमाडौं, २१ आषाढ । गोर्खामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको आईपीओ आज(आइतबार, २१ आषाढ) देखि खुल्ला हुने भएको छ।
लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ।
सर्वसाधरण लगानीकर्ताले बाँकी ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयरमा आवेदन गर्नु पर्नेछ । सर्वसाधारणहरुको लागि जारी हुनेछ।
लघुवित्तको उक्त आईपीओमा छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधि भित्रमा सबै सेयर बिक्री नभएको खण्डका ढिलोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरेको छ।
लघुवित्तको आईपीओमा न्यूूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिने भएपनि थोरै कित्ता निष्काशन हुन लागेको १० कित्ताको लागि आवेदन गर्न सुझाइएको छ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्रीको प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल तोकिएको छ।
लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।








