Prakash Adhikari February 17, 2021

काठमाडौं, ५ फागुन । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले आज काठमाडौंमा उद्घाटन गर्नुभएको छ ।

‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा भैरहेको छ।

महाधिवेशनमा जिल्ला, एसोसियट, प्रतिष्ठान शाखा तथा विभिन्न १० प्रदेश कमिटीका पदाधिकारी सहभागी भएका छन्।

आज र भोलि दुई दिन चल्ने महाधिवेसनमा विभिन्न प्रतिवेदनहरु पेश गरी पारित गरिनेछ।

 

महासंघको नयाँ नेतृत्व चयनका लागि भने चैतमा चुनाव हुनेछ।

यो पटकदेखि महासंघले प्रत्यक्ष निर्वाचन प्रणलीबाट नेतृत्व चयन गर्नेछ। केन्द्र र विभिन्न तहमा एकैदिन चुनाव हुनेछ। निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन्।

देश संघीयतामा गएसँगै महासंघले विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याएको छ ।

Share Now

Leave a comment.