Prakash Adhikari February 19, 2021

 

काठमाडौं, ७ फागुन । अदालतको अवहेलना मुद्दा खेपिरहनुभएका नेपालका चार जना पूर्वन्यायाधीशहरुलाई सर्वोच्च अदालतले वारेस राख्न अनुमति दिएको छ ।

गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।

पहिलो सुनुवाईमा न्यायाधीश डा.मनोजकुमार शर्माले ७ दिन भित्र आफै अदालत उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिनुभएको थियो ।

अदालतमा लिखित जवाफ दिने क्रममा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिनुभएको थियो ।

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।

प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमबारे चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिबाट न्यायालयको अवहेलना भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

 

Share Now

Leave a comment.