हेटौडा(मकवानपुर),२४ माघ । नेपाली कांग्रेसको ३ नं प्रदेश सभाको संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन् ।
बिहिबार बसेको कांग्रेस संसदीय दल र संसदीय दलको नेता छनोट समितिको बैठकले बानियाँलाई सर्वसम्मीतले संसदीय दलको नेता चयन गरेको हो।
सबैभन्दा बढी प्रदेश सभा सदस्य रहेको यो प्रदेशको संसदीय दलको नेता बन्न नेपाली कांग्रेसका झण्डै आधा दर्जन प्रदेश सभासद्ले इच्छा देखाएका थिए ।
कांग्रेसको संसदीय दलको नेता चयन भएका बानियाँ पूर्वगृहराज्यमन्त्री, पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति हुन्। बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ुखु बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनले प्रदेश सभामा नेपाली कांग्रेसको भूमिका सशक्त बनाउने बताएका छन् ।