काठमाडौं, १६ बैशाख । कोरोनाभाइरसको संक्रमणपछि उपचारार्थ नर्भिक नर्भिक अस्पतालमा भर्ना हुनुभएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
उहाँलाई श्वासप्रश्वासमा थप समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा सारिएको छ।
पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवाललेउहाँलाई प्रति मिेनेट १० लिटर अक्सिजनको सर्पोट दिनुपरेको बताउनुभएको छ ।
उहाँलाई अस्तिसम्म प्रतिमिनेट २ । ३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो।
कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ।
वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पत्ति छोरी प्रेरणासहित नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।
अस्पतालका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई पनि अक्सिजनको सपोर्ट दिनुपरेको छ । छोरी प्रेरणालाई भने अक्सिजन दिनु परेको छैन् ।
कुम्भमेलामा विशेष अतिथि बनेर सहभागी हुनुभएका पूर्वराजा ज्ञानेन्द्रले गंगामा शाही स्नान पनि गुर्नभएको थियो । त्यहाँ पूर्वराजालाई नेपाल नरेशकै मान र मर्यादाको साथ अभिनन्दन पनि गरिएको थियो ।
कुम्भमेलामा सहभागी धेरैलाई कोरोना पुष्टि भएका समाचारहरु आइरहेको बेला नेपाल आउनुपूर्व पूर्वराजदम्पत्तिले दिल्लीमा गराएको कोरोना परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।
स्वदेशमा आएपछि गरिएको परीक्षणमा भने पूर्वराज दम्पत्ति र छोरो प्रेरणामा समेत कोरोना पोजेटिभ देखिएपछि उहाँहरु नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।


















