काठमाडौं, २८ माघ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित गरेको १६० प्रतिशत हकप्रद बिक्रीबो प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।
प्राइम लाइफले प्रति कित्ता एक सय रुपैयाका दरले ९७ करोड ६३ लाख रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।
इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
कम्पनीले असार मसान्त सम्म कायम चुक्ता पुंजी ६१ करोड २ लाखको ३२।५ प्रतिशतका दरले हुन् आउने १९ करोड ८३ लाख १५ हजार बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले १ सय ६० प्रतिशत हकप्रदले समेत प्रस्तावित बोनस पाउने भएकाले कम्पनीको बोनस शेयर दर समायोजन भई १२।५ प्रतिशत कायम हुने कम्पनिले जनाएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुंजी ६१ करोड २ लाख छ। हकप्रद र बोनस सेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब ७८ करोड पुग्नेछ।
प्राइम लाइफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ११ करोड ५१ लाख खुद मुनाफा गरेको छ।