काठमाडौं, १० फागुन । माओवादी केन्द्रमा नेताहरुलाई मन्त्री छान्न सकस परेको छ । बिहिबार बेलुका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले सामूहिक रुपमा यसको टुंगो लगाउन नसकेपछि यसको जिम्मा तीन जना शीर्ष नेतालाई दिएको छ ।
केपी ओली सरकारमा माओवादीले सात मन्त्रालय पाएको छ ।
पार्टीभित्र परिपाटी बसाउन नसकेकोको माओवादीमा मन्त्री पदमा दोहोर्याएर आउन थुप्रै सांसद तयार छन भने पहिलो संविधान सभामा सांसद बन्न नपाएका अहिले जितेर आउनेहरुले पनि यसलाई आफ्नो अधिकारकै रुपमा बुझेका छन् ।
माओवादीका सात मन्त्रालयमा मन्त्रीको पासोमा पर्न चाहने आकांक्षीहरु डेढ दर्जन बढी छन् ।
नाममा सहमति हुन नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई दिइएको छ ।
बैठकले मन्त्री छनोटको आधार पनि दिएको छ । सबै प्रदेशलाई समेट्नु पर्ने, समावेशी हुनुपर्ने, राम्रो प्रदर्शन गर्न सक्ने तथा नयाँ र पुरानोको मिश्रति टिम हुनुपर्ने र पटकपटक अवसर पाएकालाई प्राथमिकता दिन नहुनेलाई आधार बनाइएको छ ।
माओवादीबाट नेता रामबहादुर थापा बादलले उपप्रधान तथा गृहमन्त्री दाबी गरेका छन् । वर्षमान पुन र जनार्दन शर्माले पनि आफूलाई गृहमन्त्रीका दावेदारकै रुपमा प्रस्तुत गरेका छन् ।
मातृका यादव, शक्ति बस्नेत , लेखराज भट्ट, पम्फा भुसाल, देव गुरुङ , हिमाल किराती, राम कार्की, र देवेन्द्र पौडेल पनि मन्त्रीको आकांक्षी हुन
एमाले-माओवादी भागवण्डा कुन मन्त्रालय कस्को ?
एमाले
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या
माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका