
दैलेख बजार(दैलेख) । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु- ४ ओखलढुंगामा दुर्घटना भएको छ ।
लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महाबु-५ का श्रबणकुमार शाही, वडा नं- ३ कि निर्मला पाण्डे र वीरेन्द्रनगर सुर्खेतका तिलक ढकाल र वडा नं- ६ की निर्मला शाही रहेका छन् ।
एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरूमा महाबु-५ का एकेन्द्र शाही, नारायण नगरपालिका-२ का रमेश थापा, महाबु-१ का बखत थापा र कर्ण मल्ल रहेका छन् ।
एक जना गम्भीर घाइतेको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका बखत थापा चालक हुन् भने मल्ल गाडी साहु हुन् ।