Prakash Adhikari November 18, 2021

 

काठमाडौं, २ मंसिर । अकेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने हुनुभएको छ ।

हिजो नेपाल उत्रनुभएका लुले आज प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेटनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लुले भोलि शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्ने कार्यक्रम छ। आज बिहान सहायक विदेशमन्त्री लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अमेरिकी अनुदान सहयोगमा आएको बालबालिकालाई लगाउने फाइट्जर खोपकेन्द्रको निरीक्षण पनि गर्नुभएको छ ।

अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने उल्लेख छ ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उहाँले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

एमसीसी परियोजनाबारे नेपालका राजनीतिक दलहरुले निर्णय लिन नसकिरहेको बेलामा अमेरिकाका दुई उच्च अधिकारीको नेपालमा भ्रमणमा आउनुभएको हो ।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुग्नुभएको हो ।

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ बताइएको छ ।

सहायक विदेशमन्त्री लुलाई बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

Share Now

Leave a comment.