Prakash Adhikari July 14, 2022

लण्डन(संयुक्त अधिराज्य), ३० आषाढ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स(बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ ।

बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको बैंकले जनाएको छ।

सन् १९९२ मा स्थापित यो अवार्डलाई बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिँदै आएको छ। बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।

युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ। युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन्। यसबाट अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंकको देशको ७७ वटै जिल्लामा गरी कुल २८९ शाखा छन्। यस्तै, यसका २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी कुल ८७५ भन्दा बढी सेवा केन्द्र रहेका छन्। यसबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको दाबी छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ

Share Now

Leave a comment.