Prakash Adhikari September 22, 2022

ललितपुर,५ असोज । काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो ।

यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत भाद्र ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।

पुरातत्व विभाग पनि तात्यो

सुरुङमार्ग भेटिएपछि त्यसको अध्ययन गर्न पुरातत्व विभागले टोलीले नै खटाएको छ। केहीदिनमा नै प्रतिवेदन तयार हुने र त्यसपछि विभागले आफ्नो धारणा राख्ने प्रवक्ता रामबहादुर कुँवरले बताउनुभएको छ।

विभागले सुरुङको अध्ययनका लागि टोली खटाएको छ । उसले प्राचीन स्मारक ऐन अनुसार नै सबै प्रक्रिया अघि बढ्नुपर्ने धाराणा सार्वजनिक गरेको छ ।

अधिवक्ता संजय अधिकारीले हाल भेटिएको सुरुङको संरक्षण गर्न भन्दै महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, पुरातत्व विभागलाई निवेदन दिनुभएको छ।

उहाँले हाल भेटिएको खण्ड प्राचीन स्मारक भएको भन्दै महानगरले अहिले विधिको शासनविरुद्ध आतंक सिर्जना गरेको आरोप लगाउनुभएको छ ।

“यो प्राचीन स्मारक हो भन्नेमा दुईमत छैन। उत्खनन गर्दा नेपाल सरकारको अनुमति बिना यस्तो क्षेत्र खन्न मिल्दैन। तर अहिले महानगरले गरिरहेको काम प्राचीन स्मारक ऐनको दफा १६ बमोजिम फौजदारी कुसर हो”, उहाँले भन्नुभएको छ।

 

 

Share Now

Leave a comment.