फ्लोरिडा(संयुक्त राज्य अमेरिका), १३ असोज(बीबीसीं । शक्तिशाली तुफानसहितको समुद्री इयान आँधी अमेरिकाको फ्लोरिडा राज्यमा बज्रिएपछि उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ।
त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।
उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्।
गभर्नरका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्याएको छ।
अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराइरहेको बताएका छन्।
उक्त राज्यभरि १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।
इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन्।
v
आँधी
उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
कर्फ्यु घोषणा
आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ।
बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ।
आँधीका कारण पेट्रोल स्टेसनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।
काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताउनुभयो।

आँधी
उहाँले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताउनुभएको छ।
उहाँले फोर्ट मायर्स समुदाय केही हदसम्म ध्वस्त भएको बताउनुभएको छ ।
तर त्यस क्षेत्रमा भएको चरम क्षतिको आकलन गर्न केही समय लाग्ने बताइएको छ।
अझै खतरनाक अवस्था आउने चेतावनी
फ्लोरिडाकै टम्प सहरकी मेयरले आउँदो २४ घण्टा सबैभन्दा खतरनाक हुने भन्दै रातभरि मानिसहरूलाई सुरक्षित स्थलमा शरण लिन आग्रह गर्नुभएको छ।
मेयर जेन क्यास्टरले बुधवार साँझ भन्नुभयो, ूहामीले ठूलो वर्षा र तीव्र वेगको हावा बेलुका आठ बजेबाट सामना गर्नेछौँ र त्यो रातभर रहनेछ।ू
“यसले अझै बाढी निम्त्याउनेछ”, उहाँले भन्नुभयो।
तर उहाँका भनाइमा दक्षिणी फ्लोरिडाको जस्तो त्यहाँ चाँडै बाढीको स्तर बढ्ने छैन।
युरोपमा डढेलो फैलिएपछि सयौँ मानिस घर छोड्न बाध्य
त्यस्तै उहाँले टम्पमा अहिले कर्फ्यु लगाउने कुनै योजना नरहेको पनि पुष्टि गरिन्।
आँधीको गति
आँधीबारे पूर्वानुमान गर्ने निकायको पछिल्लो बुलेटिन अनुसार इयान हाल ओर्लान्डोबाट ९५ माइल अर्थात् १५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ।

त्यसको गति ११५ माइल प्रतिघण्टा छ।
यो तूफान बिस्तारै उत्तर(पूर्वतर्फ सर्दै छ र लगभग आठ माइल प्रतिघण्टाको गतिमा त्यता जाँदैछ।
यो बुधवार राति वा बिहीवार बिहानसम्म एट्लान्टिक महासागरमा देखापर्ने पूर्वानुमान गरिएको छ।
इयान अहिले तेस्रो श्रेणीको आँधी रहेको बताइएको छ। यस्तो आँधी केन्द्रबाट ५० माइलसम्म बाहिर फैलिन्छ।
शुक्रवार जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने उसले जनाएको छ


















