Prakash Adhikari October 28, 2022

काठमाडौं, ११ कार्तिक । नेपालको प्रतिष्ठित बाणिज्य बैंक नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले ग्राहकहरुलाई अधिक प्रतिफल दिने उद्देश्यले १० गुणासम्म प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

एनसीसी प्रफुल्ल मुद्दती खातामा न्युनतम् १ लाख रुपैया जम्मा गर्ने ग्राहकले यस अन्तरगतको सुविधा प्राप्त गर्दछन् ।

बैंकले दिएको जानकारी अनुसार यो खातामा रकम जम्मा गर्ने ग्राहकले निक्षेपको ९०प्रतिशत कर्जाको सुविधा पाउछन भने ५ लाख रुपैयाको दुर्घटना बिमा र २ लाख रुपैयाको घातक रोग बीमा पनि पाउने छन् ।

बैंकको यस स्किम अन्तरगत राखिएको रकम ६ बर्ष ४ महिना २५ दिनमा दोब्बर हुनेछ भने १० बर्ष १ महिना २८ दिनमा तेब्बर । यस खातामा राखिएको रकम १५ बर्ष ११ दिनमा पाँच गुणा हुने छ भने २१ बर्ष ६ महिना २८ दिनमा १० गुणा हुनेछ ।

संस्थागत निक्षेपतर्फ यस्तो रकम ७ बर्ष १ महिना १२ दिनमा दोब्बर हुनेछ भने ११ बर्ष ५ महिना २० दिनमा तीन गुणा हुने छ । यस्तै यस खातामा राख्ने संस्थाहरुको निक्षेप रकम राखिएको १७ बर्ष २२ दिनमा ५ गुणा बढ्ने छ भने २४ बर्ष ११ महिना २ दिनमा १० गुणा हुने छ ।

एनसीसीको यो स्किम ग्राहकहरुको लागि अत्यन्त लाभदायक रहेको बताइन्छ ।

Share Now

Leave a comment.