चामे(मनाड.), ५ मङ्सिर । हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ३० मतान्तरले नेकपा (एमाले)का राजनबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।
बिजयी गुरुङले १ हजार २ सय ५५ मत पाउनुभएको छ । पराजित गुरुङले ९ सय २५ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा (ख)मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसक्नुभएको छ । मनाङमा प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।
हाल मतगणना कार्य भइरहेको छ । मतगणनामा पोल्देन छोपाङ गुरुङले अग्रता लिनुभएको छ ।


















