Prakash Adhikari December 10, 2022

 

काठमाडौं, २४ मंसिर । समानुपातिकतर्फका सांसद चयनकालागि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।

समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय मानवअधिकार दिवसको कार्यक्रममा जानुपर्ने भएकोले बिहान बसेको कार्य सम्पादन समितिको बैठक विना निश्कर्ष टुंगिएको थियो ।
शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।

कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ ।

कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले पदाधिकारी र कार्यसम्पादन समिति सदस्यको सुझाव लिएर सभापति देउवाले समानुपातिक पद्धतिबाट सांसदको नाम चयन गर्ने बताउनुभयो ।

Share Now

Leave a comment.