जनकपुरधाम(धनुषा), २९ पौष । मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ ।
नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रवार शपथ लिनुभएको छ ।
जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रवाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
मुख्यमन्त्री यादवले मन्त्रीपरिषद विस्तार गरी शुक्रवार नै तीन प्रदेश सांसदलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गर्नुभएको छ । तर तत्कालका लागि तीनै जनालाई विभागीय मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।


















