Prakash Adhikari March 31, 2018

काठमाडौं, १७ चैत्र । उपचारको क्रममा दिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शव शनिवार रातीमात्र काठमाडौं आइपुग्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता एवम् केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले उनको शव लिएर परिवारका सदस्यहरु राती ९ः०० बजे काठमाडौं एअरपोर्ट आईपुग्ने जानकारी दिएका छन् ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार आज राती नेता खड्काको शव सानेपास्थित निवासमा राखिने छ ।

भोली आईतबार बिहान ९ः०० बजेदेखि १३:००बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जी अर्पण गरिनेछ ।

नेपाली कांग्रेसको आइतबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछ र शवयात्रा र अन्त्येष्टिको कार्यतालिका निर्धारण गर्नेछ ।

उनको अन्त्येष्टि आईतबार अपरान्ह १५ :०० बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.