Prakash Adhikari March 6, 2023

 

दुबाई(संयुक्त अरब इमिरेट्स), २२ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत आज युएईविरुद्ध भएको खेलमा नेपालको सातौं विकेट पतन भएको छ । मध्यम क्रममा रहेका भीम सार्की रोहन मुस्तफाको बलमा आउट भएसंगै नेपालको सातौ विकेट गुमेको हो

सातौं विकेट पतनको समयमा नेपालले ४३.३ ओभरमा १ सय ८० रन जोडेको थियो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिड. रोजेको नेपालले शीर्षक्रमका ब्याट्सम्यानहरु धराशयी हुँदै गएपछि भीम शार्कीको सहारामा यो सम्मानजनक स्थानमा आइपुगेको हो ।

नेपालको खेल जोगाउने क्रममा मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले एक दिवसीय खेलमा पहिलो अर्धशतक बनाएका छन् । उनले एक दिवसीय खेलमा आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन् ।

भीमको यो सिनियर टोलीमा पहिलो अर्धशतक हो । उनले ७८ बलमा आफ्नो सिनियर टोलीबाट कुनैपनि खेलमा पहिलो अर्धशतक पूरा गरे । भीमले जहुर खानलार्य थर्डम्यानमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए ।

एक समय १७.१ ओभरमा ६८.५ को अवस्थामा पुगेको नेपाललाई सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका ५६ रनको महत्वपूर्ण साझेदारी गरे । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि आसिफ शेख ६ रनमा पेभिलिएन फर्केका थिए ।

ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड भएपछि नेपाल समस्यामा परेको थियो । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे ।

ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८–५ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपालले सन्दीपलाई ब्याटिङमा पठाएको थियो ।

Share Now

Leave a comment.