काठमाडौं, ८ फागुन । बुधबार पनि शेयर बजार घटेको छ । नेपालमा धितोपत्र बजारको परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.७६ अङ्कले घटेर १९३३.२९ मा सीमित भएको छ ।
आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर ३६३.९१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।
यस दिन विभिन्न कम्पनीका ३७ लाख ७७ हजार ४ कित्ता शेयरको खरिदबिक्रीबाट रु १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९सय २९ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु ९ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।
त्यस्तै एनआइसी एशिया बैंकको रु ८ करोड २४ लाख ९५ हजार ४ सय ९४, हिमालयन डिस्टिलरीको रु ४ करोड ५० लाख ५५ हजार ४ सय ८७, नविल बैंकको शेयर रु ३ करोड ६३ लाख ८७ हजार ४ सय २५ र शिवम् सिमेन्टको रु ३ करोड ५५ लाख २७ हजार ४ सय ६४ बराबरको शेयर कारोबार भएको छ ।
आजको कारोबारमा ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको ६.११, स्वाभिमान लघुवित्तको ३.६३ र इस्टर्न हाइड्पावरको ३.१४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
साथै आजको कारोबारमा बोट्लर्स नेपाल (तराई)को ७.६२, सानिमा ग्रोथ फण्डको ५.८५, धौलागिरि लघुवित्तको ५.३९, मानुषी लघुवित्तको ५.०३ र न्यादी हाइड्रोवरको शेयर मूल्य ४.१४ प्रतिशतले घटेको छ ।


















