Prakash Adhikari April 28, 2023

काठमाडौं, १५ बैशाख । संघीय संसदमा दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य गरिएको छ।

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गनुभएको हो।

“नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० ।०१ ।१२ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेको छुु”, उहाँले भन्नुभएको छ।

गत मंसिर ४ गतेको आमनिर्वाचनपछि पहिलो बैठक पौष २५ गते बसेको थियो। शुक्रबार बसेकोसहित यो अधिवेशनका क्रममा जम्मा २८ वटा बैठक बसेका छन्।

Share Now

Leave a comment.