Prakash Adhikari May 9, 2023

ललितपुर, २६ वैशाख । मंगलबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

यस बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने गिरोहमा लागेर काम गरेको आरोप लागेको र प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको बेलामा हुन लागेको यो बैठकले रायमाझीलाई कारबाही गर्न संभावना पनि छ ।

 

Share Now

Leave a comment.