Prakash Adhikari June 2, 2023

नयाँदिल्ली(भारत),१९ जेठ । भारतले रक्सौला – काठमाडौं रेलमार्गको फाइनल लोकेशन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा बिहीबार ( १८ जेठमा) भारतीय पक्षले उक्त फाइनल लोकेशन सर्भे रिपोर्ट नेपाललाई बुझाएको हो।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राका अनुसार दिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको वार्तापछि उक्त रिपोर्ट नेपाललाई बुझाइएको हो।

रक्सौल- काठमाडौं रेलमार्ग भारतको अनुदानमा बनाउने गरी समझदारी भएको छ। रक्सौल काठमाडौं रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

यसअघि २०७६ मै यो रेलमार्गका लागि प्रारम्भिक अध्ययन भएको थियो। यो रेलमार्गका लागि २०७८ असोज २२ मा नेपाल र भारतबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो।

त्यसबेला फिल्ड सर्भे र रिपोर्ट तयार गर्न १८ महिनाको समय दिइएको थियो। त्यही बेलाको समझदारी अनुसार फाइनल लोकेशन सर्भे रिपोर्ट बिहीबार भारतले नेपाललाई बुझाएको हो ।

Share Now

Leave a comment.