Prakash Adhikari June 9, 2023

काठमाडौं, २६ जेठ । नेपाल क्रिकेट संघले महिला इमर्जिड. टिम एशिया कप २०२३ खेल्ने नेपाली टिम चयन गरेको छ ।

संघले आज सार्वजनि गरेको टिममा कप्तान रुविना क्षेत्री बेल्वासे,सीता राना मगर, इन्दु बर्मा, कविता कुँबर,बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ,कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य,इश्वरी विष्ट,अप्सरी वेगम, कविता जोशी रहेका छन् ।

एशियन क्रिकेट काउन्सिलको आयोजनामा यही जुन १२ देखि हंगकंगमा महिला इमर्जिड. टिम एशिया कप २०२३ आयोजना हुँदैछ ।

प्रतियोगितामा आठ राष्ट्र सहभागी हुँदै छन् । आठ राष्ट्रलाई दुई समूहमा राखिएको छ ।

समूह एमा भारत,पाकिस्तान,नेपाल र हंगकंग रहेका छन् ।
समूह बीमा बंगलादेश,श्रीलंका, संयुक्त अरब इमिरेट्स(युएई) र मलेशिया रहेका छन् ।

१२ जुनदेखि आरम्भ हुने खेलमा पहिलो दिन श्रीलंका र युएई बीचमा हुने छ । दोस्रो खेल बंगलादेश र मलेशियाबीच हुने छ ।

१३ जुनमा पहिलो खेल नेपाल र पाकिस्तानबीच हुने छ भने दोस्रो खेल हंगकंग र भारतबीच ।

१४ जुनमा पहिलो खेल श्रीलंका र बंगलादेशबीच हुने छ भने दोस्रो खेल युएई र मलेशियाबीच ।
१५ जुनमा पहिलो खेल हंगकंग र पाकिस्तानबीच हुने छ भने दोस्रो खेल भारत र नेपालबीच ।
१६ जुनमा पहिलो खेल बंगलादेश र युएईबीच हुने छ भने दोस्रो खेल श्रीलंका र मलेशियाबीच ।
१७ जुनमा पहिलो खेल हंगकंग र नेपालबीच हुने छ भने दोस्रो खेल भारत र पाकिस्तान बीच हुने छ ।

१८ जुनमा विश्राम राखिएको छ ।

१९ जुनमा पहिलो खेलमा समूह एको विजेता र समूह बीको उपविजेताबीच सेमिफाइनल हुने छ । दोस्रो खेलमा समूह एको उपविजेता र समूह बीको बिजेताबीच अर्को सेमिफाइनल हुने छ ।

२० जुनमा विश्राम राखिएको छ ।
२१ जुनमा फाइनल राखिएको छ ।

हंगकंगको मिसन रोड ग्राउण्ड क्वालूनमा हुने यो प्रतियोगिता टी २० फर्मेटमा हुने छ । प्रतियोगिताका सहभागीमा ४ राष्ट्रहरु भारत,पाकिस्तान, बंगलादेश र श्रीलंका एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन भने नेपाल, यूएई, हंगकंग र मलेशिया एशोसिएट्स राष्ट्रको रुपमा सहभागी भएका हुन् ।

Share Now

Leave a comment.