Prakash Adhikari August 13, 2023

काठमाडौं, २८ श्रावण । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ( के.पी) शर्मा ओलीले त्यतिबेला पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिको खुला मैदानबाट खेद्न थापेको ललिता निवास प्रकरणको पासोमा उहाँकै प्रिय कमरेड पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि तानिनुहुने भएको छ ।

दुई दुईपटक राष्ट्रपति बनेर नेपालको इतिहासमा सम्मानित स्थान सुरक्षित गर्नुभएकी वामपन्थी नेतृ विद्यादेवी भण्डारीलाई ओलीले रक्षाकवच दिन सक्ने अवस्था देखिएको छैन । पूर्वराष्ट्रपति भण्डारीे पहिलो संविधानसभाको कार्यकालमा तात्कालीन एमालेका महासचिव माधवकुमार नेपालले नेतृत्व गर्नुभएको सरकारमा रक्षा मन्त्री हुनुहुन्थ्यो ।

पहिलो संविधानसभामा पहिलो पार्टी बनेर सरकारको नेतृत्व गर्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली सेनाका बहालवाला प्रधानसेनापति रुक्माङ्ग कट्वाललाई हटाएर कूलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गर्दा सिर्जना भएको राजनीतिक दबाव थाम्न नसकेर स्वेच्छिक राजिनामा गरेर बाहिरिएपछि नेकपा एमालेका संसदीय दलका नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेस, मधेशी जनतान्त्रिक फोरम नेपाल लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीहरु मिलेर बनेको थियो ।

माधवकुमार नेपाल प्रधानमन्त्री रहेकै बेलामा बालुवाटारको प्रधानमन्त्री निवास लगायत प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्र विस्तार गुरुयोजना लागू गरिएको थियो । सो योजना अनुरुप प्रधानमन्त्री कार्यालय परिसर विस्तार गर्दा समेटिन गएका मोहीहरुको जग्गा सट्टापट्टा गर्ने र अतिविशिष्ट व्यक्तिहरु प्रधानमन्त्री,सभामुख र प्रधान्यायाधीशको निवास वरपर सुरक्षाको निमित्त बाटो खोल्दा बाटोमा परेको जग्गा सट्टापट्टा र क्षतिपूर्ति केही पनि नदिने निर्णय भएको थियो । जग्गा सट्टापट्टा गर्दा नक्कली मोही परेको भनेर के.पी.ओलीले नेता नेपाललाई फसाउन गठन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल आयोगले उल्लेख गरेको छ ।

ओलीको पूर्वाग्रह गृहको प्रस्तावमै झल्कियो

नेकपा एमालेका वर्तमान अध्यक्ष तथा तात्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओली माधव नेपालप्रति कति पूर्वाग्रह राख्नुहुँदो रहेछ भन्ने कुरा त्रिताल समितिको प्रतिवेदन कार्यान्वयन गर्न क्याबिनेट पठाएको प्रस्तावले पनि पुष्टि गर्दछ ।

२०१७ सालमा प्रजातन्त्रको हत्या गरेर राजा महेन्द्रले कब्जामा लिएको नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको २९९ रोपनी ९ आना २ पैसा क्षेत्रफलको जग्गा फिर्ता दिने निर्णय २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि नेपाली कांग्रेसका सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको तात्कालीन अन्तरिम सरकारले गरेको थियो । यो निर्णयको कार्यान्वयनको सिलसिलामा तात्कालिन राष्ट्रप्रमुख श्री ५ महाराजाधिराज बीरेन्द्र वीरविक्रम शाहदेवबाट हुकुम प्रमाड.गी पनि भएको थियो । सोही निर्णयलाई विभागीय मन्त्रालय भूमिसुधार मन्त्रालय र मातहतका निकायले कार्यान्वयन गरको थिए । राजा महेन्द्रले हरण गरेको सम्पत्ति मध्ये सुवर्णका सन्ततिहरुले मोहीयानी लागेको जम्मा ११२ रोपनी जग्गा पाएका थिए । त्यो जग्गा फिर्ता लिनेक्रममा विभिन्न तहगत निर्णय पनि भएका थिए ।

तर के.पी.ओलीका अन्धभक्त तात्कालीन गृहसचिव वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले माधवकुमार नेपालको पालामा भएको निर्णयलाई दूषित भन्ने विशेषण राखिदिनुभयो ।

को को पर्दैछन,  धरापमा ?

माधवकुमार नेपाललाई लक्षित गरि थापिएको धरापमा अहिले नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली निकटका विद्यादेवी भण्डारी बाहेक उहाँकै पार्टीका भीमबहादुर रावल,सुरेन्द्र पाण्डे,शंकर पोखरेल, डिल्लीबहादुर महतलगायतका नेताहरु पनि पर्नुहुने भएको छ ।

यो प्रकरणमा राष्ट्रिय पार्टीको हैसियत पनि नभएको माधव नेपालमात्र परे भनेर मख्ख परेका कांग्रेसका अन्य नेताहरु पनि तानिने संभावना छ । नेपालको क्याविनेटमा नेपाली कांग्रेसका अहिलेका नेता विजयकुमार गच्छदार बाहेक नेत्री सुजाता कोइराला पनि उपप्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट डा.प्रकाशशरण महत, बालकृष्ण खाँड,मिनेन्द्र रिजाल,पूर्णकुमार शेर्मा,आफ्ताफ आलम, उमाकान्त चौधरी,गणेश बहादुर खड्का,चन्द्रसिंह भट्टराई,खड्गबहादुर बस्याल लगायत हुनुहुन्थ्यो ।

माधव नेपाल नेतृत्वको ४३ सदस्यीय मन्त्रिपरिषद्मा को को हुनुहुन्थ्यो हेर्नुहोसः

श्री माधव कुमार नेपालको मन्त्रिपरिषद् गठन २०६६र२र११
नेपालको अन्तरिम संविधान, २०६३को धारा ३८ बमोजिम सम्माननीय प्रधानमन्त्री श्री माधवकुमार नेपालद्वारा गठित मन्त्रिपरिषद्को कार्यविभाजन मन्त्रिपरिषद् गठन विधि र कार्य विभाजन
१। श्री माधवकुमार नेपाल ( प्रधानमन्त्री
२। श्री विजयकुमार गच्छदार ( उपप्रधानमन्त्री, भौतिक योजना तथा निर्माण
३। श्रीमती सुजाता कोइराला ( उपप्रधानमन्त्री, परराष्ट्र
मन्त्रीहरू
४। श्री विद्यादेवी भण्डारी (रक्षा
५। श्री शरतसिंह भण्डारी (पर्यटन तथा नागरिक उड्डयन
६। श्री भीमबहादुर रावल (गृह
७। श्री सर्वेन्द्रनाथ शुक्ला (शिक्षा
८। श्री राजेन्द्र महतो (वाणिज्य तथा आपूर्ति
९। श्री सुरेन्द्र पाण्डे (अर्थ
१०। श्री प्रेमबहादुर सिंह (कानुन तथा न्याय
११। डा। प्रकाशशरण महत ( ऊर्जा
१२। श्री बालकृष्ण खाँण (सिँचाई
१३। श्री शंकर पोखरेल (सूचना तथा सञ्चार
१४। डा। मिनेन्द्रप्रसाद रिजाल (सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
१५। श्री रकम चेम्जोङ (शान्ति तथा पूनर्निर्माण
१६। श्री पूर्णकुमार सेर्मा लिम्बु (स्थानीय विकास
१७। श्री उमाकान्त चौधरी (स्वास्थ्य तथा जनसङ्ख्या
१८। मो। आफ्ताब आलम (श्रम तथा यातायात
१९। श्री प्रभाकर प्रधानाङ्ग ९रविन्द्र श्रेष्ठ० (सामान्य प्रशासन
२०। श्री डम्बर श्रेष्ठ(भूमीसुधार तथा व्यवस्था
२१। श्री दीपक बोहरा (वन तथा भू(संरक्षण
२२। श्री महेन्द्रप्रसाद यादव (उद्योग
२३। श्री मृगेन्द्रकुमार सिंह यादव (कृषि तथा सहकारी
२४। श्री गणेश तिवारी नेपाली (युवा तथा खेलकुद
२५। श्री ठाकुरप्रसाद शर्मा (वातावरण
२६। श्री लक्ष्मणलाल कर्ण (विना विभागीय
२७। श्री सर्वदेवप्रसाद ओझा (महिला, बालबालिका तथा समाजकल्याण
राज्यमन्त्रीहरू
२८। श्री गणेशबहादुर खड्का (स्थानीय विकास
२९। श्री डिल्लीबहादुर महत (शान्ति तथा पुनर्निर्माण
३०। श्री जीतबहादुर दर्जी गौतम (सामान्य प्रशासन
३१। श्री चन्द्रसिंह भट्टराई ( ऊर्जा
३२। श्री खड्गबहादुर बस्याल सार्की (स्वास्थ्य तथा जनसङ्ख्या
३३। श्री दानबहादुर कुर्मी चौधरी (उद्योग
३४। श्री मानबहादुर शाही (भूमीसुधार तथा व्यवस्था
३५। श्री इन्द्रप्रसाद ढुङ्गेल (विज्ञान तथा प्रविधि
३६। श्री सञ्जयकुमार शाह (भौतिक योजना तथा निर्माण
३७। श्री रामबच्चन अहिर यादव (महिला,

 

ललिता निवास प्रकरण के हो ?

श्री ३ भीमसमशेरका नाति, जनरल हिरण्यसमशेरका सुपुत्र तथा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण समसेरको नाममा श्री ३ भीमसमशेरको पालामा बनेको नेपाल राष्ट्र बैंकको पुरानो भवन रहेको दरबारसहित हाल प्रधानमन्त्री,प्रधानन्यायाधीश,सभामुख निवास र त्यसको दक्षिणपश्चिम क्षेत्रमा २९९ रोपनी ९ आना ३ पैसा क्षेत्रफल सहितको क्याम्पा रहेको थियो ।

मिति २०१७।०३।१९ मा सुवर्ण शमशेरले काठमाडौं रजिष्ट्रेशन अड्डाबाट र.नं. १५४७ बाट पास भएको बकसपत्र मार्फत पत्नी स्वेतप्रभालाई ५८ रोपनी, छोराहरु कनक शमशेर, कंचन शमशेर र रुक्म शमशेर प्रत्येकलाई ५७ रोपनी ८ आना २ पैसाका दरले २९९ रोपनी ९ आना ३ पैसा जग्गा ‘मेरो हकका’’ भनी उल्लेख गर्दै “बकस पाएको जति आफ्नो एकलौटी हक लागेको तिरो तिरी भोगचलन गरी खानु व्यहोर्नु भनी …..मेरो घर बैठकमा बसी बकसपत्र लेखिदिएको” भन्ने व्यहोराबाट बकसपत्र गरेको र बाँकी जग्गा सुवर्ण शमशेर  आफूले राख्नुभएको थियो ।

२०१७ साल पुस १ गते तात्कालिन राजा महेन्द्रले बीपी कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुको साथै नेपालको पहिलो आम निर्वाचनबाट गठित संसद पनि भंग गरेर प्रत्यक्ष शासन सुरु गरेका थिए । बीपी कोइराला,गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई लगायतका कांग्रेसका धेरै नेता र सांसदहरुलाई तरुण दलको सम्मेलनस्थत त्रिपुरेश्वरबाटै पक्राउ गरिएको थियो । तर २०१७ सालको काण्ड हुुनु एक दिन पहिले कोलकोता जानुभएका सुवर्णसमसेर र काठमाडौंमा समाउन नसकिएका कांग्रेस,कम्युनिष्ट र गोर्खा परिषद्का नेताहरु संगठित भएर राजाको अधिनायकवादी शासनविरुद्ध संघर्ष गर्ने संभावना जीवित थियो । राणाहरुको निरंकुश शासनलाई जरैदेखि उखाल्न २००७ सालको जनक्रान्तिमा घोषित रुपमा १ करोड चन्दा दिने,कांग्रेसका कार्यकर्ता र लडाकू दस्ताहरुको भरणपोषण गर्ने र आन्दोलनमा आवश्यक आर्थिक खर्च व्यवस्थापन गर्न सक्ने सुवर्ण समशेर राजाको तारो हुनुभएको थियो ।

उहाँले पुस १८ मा र माघ ५ मा कडा विज्ञप्ति जारी गरी राजाको कदमको विरोध गर्दै कांग्रेस कार्यकर्ताहरुलाई निरंकुश शासनका विरुद्ध आन्दोलनको लागि तयार रहन आह्वान गर्नुभयो। नक्सलबाडी, बलरामपुर,नटकटियागञ्ज, दार्जलिड. ,दरभंगालगायत ८ ठाँउमा लडाकू क्याम्प खडा गर्नुभयो ।२०१७ माघ १२ देखि १४ गतेसम्म दरभंगा(पटना)मा पाटीको सम्मेलन गरेर पार्टीको सभापतित्व ग्रहण गरी र सशस्त्र आन्दोलनको उद्घोष गर्नुभयो । आवश्यक तयारी पूरा भएपछि २०१८ कार्तिकमा सशस्त्र आन्दोलन सुरु भयो । यही सशस्त्र क्रान्तिको दौरान २०१८ माघ २६ मा चितवनको भरतपुर,पूर्वको च्याड.थाप,पश्चिमको गुल्मी र बझाड।मा नेपाली कांग्रेसका लडाकूहरुले आक्रमण गरे । भरतपुर कब्जा भयो । २०१८ माघ २८ मा नेपाली सेनाद्धारा भरतपुर मुक्त र २६ कांग्रेसी योद्धाले सहादत प्राप्त गरे ८८ जनालाई सजाँय भयो ।

भरतपुर आक्रमणको घट्नापछि नेपाली कांग्रेस र खासगरी त्यसका सभापति सुवर्णसमशेरसग तर्सिका राजा महेन्द्रले २०१८ फागुन १९ मा सुवर्ण समसेर लगायत ७६ जना काग्रेस नेताहरुलाई विशेष परिस्थिति ऐन २०१७ अनुरुप् २१ दिनभित्र आआफ्नो घरद्धारमा आई बस्न आदेश जारी गरे । २०१८ चैत्र १० मा कम्युनिष्ट नेता पुष्पलाल र सुवर्णका माहिला छोरा कञ्चनसमशेर जवरासहित ८३ जनालाई सोही आदेश दिइयो । विशेष परिस्थिति ऐन २०१७ मा त्यस्तो सूचनामा परेका व्यक्तिहरु आफ्नो घरद्धारमा आइनबसेमा घरजग्गा र सम्पत्ति जफत हुने व्यवस्था थियो ।

२०१८ चैत्र १० गते : पुष्पलाल श्रेष्ठ र कञ्चन समशेरसहितलाई स्थानहद

यसरी राजा महेन्द्रको प्रशासनले सुवर्णसमशेरको नाममा रहेको ललितानिवास क्याम्पाको २९९ रोपनी ९ आना ३ पैसा जग्गा जग्गामध्ये सुवर्ण समशेर जबरा र कञ्चनसमशेर जबराको नाममा रहेको दुई अंश कब्जा गर्यो । २०१९ साल कार्तिकमा भारत चीनबीच सीमा विवाद चर्केपछि भारतीय प्रधानमन्त्री नेहरुको दवावमा कांग्रेस नेता सुवर्णले २०१९ साल कार्तिक २३ गते सशस्त्र आन्दोलन स्थगित भएको घोषणा गर्नुभयो । आन्दोलन स्थगित भयो, परित्याग भएको थिएन ।

 

राजा महेन्द्र र उनको प्रशासनलाई कांग्रेस,कम्युनिष्ट र गोर्खा परिषद्का नेताहरु राजाको विरोधमा लाग्नेमा कुनै शंका थिएन । त्यसैले उनीहरुलाई सम्पत्तिको उपयोगबाट बेदखल गर्न २०२१ सालमा ६ वटा राणाकालीन दरबार विना प्रयोजन अधिग्रहणको सूचना निकालियो । सो सूचनामा सुवर्ण र कञ्चनको अंशमा परेको १४ रोपनी जग्गामा सरकार लागि सकेको उल्लेख गरियो । दुई जनाको अंशको ११४ रोपनी हुनुपर्नेमा टाईपिड.को मानवीय र यान्त्रिक त्रुटीले हुन गएको सामान्य गल्ती थियो । जग्गाका हकदारलाई मुआब्जा लिन सूचना समेत जारी गरिएको थियो तर राजाविरुद्ध सशस्त्र आन्दोलन गरेका र राजामहेन्द्रको फर्पिड., बीरगञ्ज र जनकपुर सवारीमा बम प्रहार गरेको आरोपमा सुवर्णसमशेर र कञ्चनसमशेरलाई राजकाज तथा आतंकारी र विध्वंशात्मक कार्य विरुद्धको मुद्दा लागेको थियो । उहाँहरुसहित उहाँको आश्रय लिएर प्रवासमा बस्नुभएका श्वेताप्रभा र रुक्मसमशेरसहित उहाँका परिवारका अन्य सदस्य आउन सक्ने अवस्था थिएन ।

 

यो अधिग्रहणको सूचना पनि गलत मनशायनिहित थियो भन्ने कसरी प्रमाणित हुन्छ भने २०२१ मार्ग १७ मा अधिग्रहणको सूचना निकालिएको छ र सोही बर्ष मार्ग २२ मा सार्वजनिक सुरक्षा ऐनको दफा १२ का अधिकारहरु वाग्मती,नारायणी,मेची,भेरी र सेती अञ्चलका अञ्चलाधीशहरुलाई प्रत्यायोजन गरिएको छ । सो दफाले संबन्धित अधिकारीको अधिकार क्षेत्रभित्र शान्ति र सुरक्षा कायम गर्नका लागि कुनै पनि व्यक्तिलार्इृ पक्राउ गरी कारबाही गर्ने अधिकार दिएको छ । अधिग्रहणकाबारेमा जानकारी लिन वा क्षतिपूर्तिको लोभमा आएमा समाउने नियतले सूचना जारी भएपछि नेपाली सेनामा कार्यरत सुवर्णका जेठा छोरा मे.ज. कनकसमशेर समेत मुआब्जा लिन जान सक्नुभएन ।

२०२१ मंसिर १७ गते: सार्वजनिक कामको निमित्त ६ वटा दरबार प्राप्त गर्ने सूचना

२०२१ मंसिर २२ गते : वाग्मती, नारायणी,भेरी सेती र मेचीलाई सार्वजनिक सुरक्षा ऐनको दफा १२ को अधिकार प्रत्यायोजन

२०२५ जेठ २ गते सशस्त्र आन्दोलनको परित्याग र संविधानमा सुधार भएर निर्वाचित सरकार गठन गर्ने, कार्यकर्तालाई आममाफी, सम्पत्ति फिर्ता भए राजा महेन्द्रलाई सघाउन सकिने बक्तब्य त सुवर्णले जारी गर्नुभयो । २०२५ कार्तिक १४ वीपी जेलमुक्त गर्नेबाहेक राजा महेन्द्रबाट तर महेन्द्रबाट कुनै शर्त पूरा भएन । २०२८ सालमा भरतपुरको दियालो बंगालामा राजा महेन्द्रको निधन भयो । सुवर्ण समशेरको असहमति रहदारहदै पनि २०३० सालमा बीपी कोइरालाले फेरी सशस्त्र आन्दोलन सुरु गर्नुभयो । २०३१ मा कञ्चन समशेरको बेलायतमा निधन भयो भने २०३४ साल कार्तिक १४ मा कोलकोतामा नै सुवर्ण समशेरको निधन भयो । मुआब्जा लिने र जग्गा फिर्ता लिने काम हुन सकेन ।

२०४६ सालमा नेपाली कांग्रेसको आह्वानमा संयुक्तवाम मोर्चाको सहभागितामा भएको संयुक्त जनआन्दोलनबाट बहुदलीय व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसका सभापति सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको नेपाली कांग्रेस, संयुक्त वाममोर्चा, स्वतन्त्र बुद्धिजीवी र राजाका प्रतिनिधिहरु सम्मिलित सरकारले प्रजातन्त्रको पुनस्थापनाको संघर्षमा घरजग्गा र सम्पत्ति हरण भएका प्रजातन्त्रका सेनानीहरुको सम्पत्ति प्रचलित कानुनको हदबन्दीभित्र रही फिर्ता दिने सम्बन्धमा २०४७ जेठ १४, साउन ८ र भदौ ३ मा निर्णय गर्यो र सो निर्णय अनुरुपको प्रचलित प्रक्रिया पूरी सुवर्णसमशेरका हकदारहरुले २०४९ कार्तिक २५ र पुस २३ मा काठमाडौं मालपोत कार्यलयबाट १ सय १२ रोपनी मोहीलागेको जग्गा प्राप्त गर्नुभयो ।

विधायिकाको समेत अधिकार प्राप्त अन्तरिम सरकारले यस्तो जग्गा फिर्ता लिंदा रोजेर लिन पाइने र हदबन्दी भन्दा बढी भएको जग्गाको मुआब्जा पाउने निर्णय गरेको थियो । तर सुवर्णका परिवारले न जग्गा रोजेर लिन पाए न १ सय १२ रोपनी बाहेकको जग्गाको मुआब्जा पाए । वर्तमान सरकार सुवर्ण र कञ्चनको जफत भएको सम्मत्ति १४ रोपनी भनिरहेको छ र राजनीतिक घटना क्रम र प्रमाणहरुले सुवर्णको ललिता निवासले चर्चेको २९९ रोपनी ९ आना ३ पैसा जग्गाको १ पैसा पनि मुआब्जा नपाएको र सो जग्गा मालपोतको श्रेस्तामा सरकारको नाममा अभिलिखित पनि नभएको समरजंग कम्पनीलाई रेखदेख गर्न मात्र दिइएको खुलेको छ । विवाद ललिता निवास क्याम्पाले चर्चेको जग्गा कति हो ? ५७ ।५७ रोपनी जग्गा अंशबण्डा भएकोमा सुवर्ण र कञ्चन समशेरको अंशको पूरै सम्पत्ति जफत हुँदा कति भयो ? अधिग्रहणको सूचनामा परेको तर मुआब्जा नलिएको जग्गाको मुआब्जा के हुने ? अधिग्रहणको सूचना राजनीतिक दाउपेच प्रेरित थियो कि थिएन भन्ने हो ।

Share Now