Prakash Adhikari March 5, 2024

 

पोखरा(कास्की), २२ फागुन । नेकपा माओवादीले नयाँ गठबन्धन गरेर संघीय सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेपछि कांग्रेसको नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले त्यसको बदला लिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

 

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

Share Now