हंगकंग(चीन), २६ फागुन । हंगकंगको मैत्रीपूर्ण निमन्त्रणामा एक टी २० अन्तर्राष्ट्रिय खेल र अर्को त्रिकोणात्मक श्रृखला खेल्न हंगकंग पुगेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज मैत्रीपूर्ण खेल खेल्दै छ ।
हंगकंगको मोड.कोक मैदानमा हुने टी २० अन्तर्राष्ट्रिय खेल स्थानीय समय अनुसार ११ः१५ मा सुरु हुनेछ ।
एक मैत्रीपूर्ण ट २० अन्तर्राीष्ट्रय र हंगकंग तथा पपुवा न्युगिनीसंगको त्रिकोणात्मक श्रृखलामा सहभागी हुन नेपाली टोली कप्तान रोहित पौडेलको नेतृत्वमा हंगकंग पुगिसकेको छ ।
नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका हुन् ।
प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई विश्राम दिएका छन् । नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टी २०आई खेल्नेछ ।
मार्च ९ मा नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टी २०आई खेल्नेछन् ।
मार्च १० देखि १३ सम्म भने टी २०आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ ।
नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ ।
लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टी २० खेल खेल्नेछ ।
हङकङ भ्रमण (मार्च ९ देखि १३ सम्म)
फ्रेन्डसिप कप – मार्च ९ – नेपाल विरुद्ध हङकङ
त्रिकोणात्मक सिरिज -मार्च १० देखि १३सम्म)
मार्च १०- नेपाल र हङकङ
मार्च १२ – नेपाल विरुद्ध पिएनजी
फाइनल – मार्च १३


















