Prakash Adhikari March 9, 2024

काठमाडौं, २६ फागुन । ग्लोबल आइएमई बैंकका थप ४१ शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी थप ४१ वटा शाखा कार्यालयद्वारा यो कार्यक्रम संचालन भएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जानकारी दिएको छ ।

बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २ सय ५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा एक सय भन्दाबढिको सहभागिता थियो ।

बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १ हजार २ सय भन्दाबढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, बिनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९ सय भन्दाबढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २ हजार ५ सय भन्दाबढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २ सयभन्दा बढी व्यक्तिहरुको सहभागिता थियो ।

बैंकले ७६ शाखा कार्यालयहरुबाट ९ हजार भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ ।

यस आर्थिक वर्षमा बैंकले आफ्ना ३ सय ५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दाबढि सेवा केन्द्र मार्फत आफ्ना ग्राहकहरुलाई भरपर्दो,विश्वासिलो, आधुनिक प्रविधिबाट छिटो सेवा दिइरहेको छ ।

Share Now