Prakash Adhikari March 13, 2024
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी  ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै मतविभाजनको प्रक्रिया अघि बढाउनुभएको हो । निर्णयार्थ प्रस्तुत गर्नु अघि उहाँले प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पार्नुभयो ।
संसद्मा विश्वासको मतमाथि पक्ष–विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
      “विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।”
पक्ष र विपक्षका बहस सदनको सम्पत्ति
प्रधानमन्त्री दाहालले विश्वासको मतमाथिको प्रस्तावका पक्ष र विपक्षमा भएका बहस सदनको सम्पत्ति भएको बताउनुभएको छ । प्रधानमन्त्रीले सदनमा भएको यस बहसले लोकतन्त्रलाई सजीव तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबै राजनीतिक दललाई गठबन्धन गर्न छुट छ, जनताको पक्षमा जे फाइदा हुन्छ, त्यही गर्ने हो । सबै दललाई जनताको पक्षमा उभिन आग्रह गर्दछु, राजनीतिक बुझाइअनुसार जनताको पक्षमा गठबन्धन बनाउने हो, त्यो सबैलाई स्वतन्त्र छ ।”
राष्ट्र र जनताको पक्षमा आफूले गठबन्धन गरेको स्पष्ट पार्दै उहाँले सोचेविचार गरेर जनताको आशा र अपेक्षालाई सम्बोधन गर्नका लागि नयाँ समीकरण बनाएको पनि स्पष्ट गर्नुभयो । सबै मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्षपछि स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउला कि भन्ने आफूले नठानेको बताउनुभयो ।
Share Now